भोजपुर । गत साउन १५ गतेको बाढी पहिरोका कारण पीडित बनेका भोजपुरको षडानन्द नगरपालिकाका नागरिकलाई राहत बितरण गरिएको छ ।
बाढीबाट पीडित बनेका परिवारहरुलाई नगद सहित खाद्यान्न, कम्वल लगायतका सामाग्रीहरु बितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । षडानन्द नगरपालिका वडा नम्वर १ मझुवा वेशीका ज्ञानबहादुर जोगी र जनक जोगीलाई प्रति परिवार ७५ केजी चामल, तीन थान, नुन, त्रिपाल, खाने बितरण गरिएको छ । यस्तै वडा नम्वर २ नागदहका रविन्द्र राई र निर्मला राई दुवैलाई नगद पन्ध्र हजार, दुई थान त्रिपाल, कम्वल बितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
इर्खुवा खोलामा आएको बाढी र पहिरोले पुर्याएको क्षतिको अनुगमन तथा पीडितलाई राहत सामाग्री बितरण गरिएको हो । षडानन्द नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कोशी प्रदेश लगायतको टोली घटना स्थलमा पुगी स्थलगत अनुगमन र क्षतिको बिवरण समेत संकलन गरेको छ ।
बाढीका कारण इर्खुवा खोलामा निर्माणाधिन इर्खुवा हाइड्रोपावरमा कार्यरत दुई मजदुरको मृत्यु भएको थियो । उनीहरुलाई राति सुतिरहेको अवस्थामा बाढीले बगाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच