सिन्धुली । जिल्लामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नविन धामी दनुवार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेका अनुसार आइतबार दिउँसो नविन, सोही ठाउँका ५० वर्षीय जंगबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका थिए ।
त्यसक्रममा करेन्ट लागेर गम्भीर घाईते भएका नविनलाई दुधौली नगर अस्पताल सिर्थौली पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका उहाँले जानकारी दिनुभयो ।
मृतक नविनको साथमा गएका जंगबहादुर र इन्द्र सम्पर्कमा नरहेको उहाँको भनाई छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच