त्रिपुरासुरले ब्रहृमाजीबाट वरदान पाएपछि त्रिपुर कब्जा गरी देउताहरूलाई लखेटे । देउताहरू सत्ताच्यूत भएर भौंतारिनु परेपछि उनीहरू आफ्नो सत्ता प्राप्तिका लागि शिवजी कहाँ गए । शिवजीले उनीहरूलाई विष्णु कहाँ पठाउनुभयो । विष्णु देउताहरूको पीडा देखेर भावविहृवल हुँदै उनीहरूको राज्य फिर्ता गर्न आफ्नो अंगबाट मायावी पुरुष अरिहन र उनको सहयोगी दुईजना मुण्डीहरूको जन्म दिए । त्रिपुरमा सबै असुरहरू वेदपाठी, धर्मज्ञ, पूजा, यज्ञ आदि गरिरहने र धर्माचरण गर्ने भएकोले उनीहरूलाई सनातन वैदिक धर्मबाट च्यूत गरी नक्कली धर्म जो पापाचारमा आधारित थियो, त्यसमा परिणत गर्न आज्ञा दिनुभयो । अरिहन र उनका सहयोगीहरू त्रिपुरमा गएर तपस्या गरेर बसे तर कुनै असुरले आफ्नो सनातन धर्म त्याग गरेनन्, न त तिनी नक्कली सन्तहरूका नै गए ।
यो देखेर अरिहन चिन्तित भए । उता विष्णुले अरिहन आफ्नो योजनामा सफल हुन नसकेकाले अरिहनलाई सहयोग गर्न नारदजीलाई त्रिपुरमा पठाए र नारदजी सर्वप्रथम अरिहन् कहाँ गएर उनको धर्ममा दीक्षित भए । विष्णुको वरदानले उनले पापाचार धर्म ग्रहण गरे पनि उनलाई त्यस धर्मले असर गरेन् । नारदजी त्यहाँबाट त्रिपुरासुर कहाँ गएर अरिहन सन्तको बारेमा बढाई चढाई कुरा गरे र आफू पनि उनको शिष्य भएको बताए । नारदजीको कुरामा विश्वास गरेर त्रिपुरासुर अरिहन समक्ष गए र उनीबाट दीक्षा ग्रहण गरे ।
आनन्द नै ब्रहृमको स्वरूप हो, श्रुतिले भनेको कुरा मान्नुपर्छ अरू कल्पना सबै मिथ्या हुन् । जबसम्म यो शरीर स्वस्थ्य रहन्छ जबसम्म इन्द्रियहरू कमजोर हुँदैनन् जबसम्म बुढ्याइँ आउँदैन तबसम्म सुखभोग गर्नुपर्छ । यो शरीरको नाश तुरुन्तै हुन्छ, सञ्चय पनि नश्वर छ ।
मायावी पुरुषले त्रिपुरासुरलाई भने (हे दैत्यराज, वेदान्तको सारको सर्वस्वरूप र परम रहस्यमय ज्ञानले युक्त भएको मेरो वचन सुन । यो संसार अनादिकालदेखि चल्दै आएको छ, यसको कर्ता कोही छैन, यो कसैको कर्म पनि होइन, यो आफैं प्रकट हुन्छ र आफैँ लीन हुन्छ । ब्रहृमादेखि लिएर स्तम्बपर्यन्तका प्राणीमा जति शरीर सम्बन्ध देखिन्छ, त्यसको नियन्त्रक आत्मा मात्रै हो, त्यसैले आत्मा नै ईश्वर हो, अर्को ईश्वर छैन । ब्रहृमा, विष्णु, रुद्र आदि हामी जस्तै शरीरधारीका नाम हुन् । अनादि त एक अरिहन् मात्र छन् (ती मायावी पुरुष अरिहन आफूलाई नै अनादि भन्छन्) । समय आएपछि जसरी हाम्रो शरीर नष्ट हुन्छ, त्यसैगरी आआफ्ना समयमा ब्रहृमादेखि लिएर साना भुसुनासम्मका सबैको नाश हुन्छ । विचार गर्ने हो भने कहीँ केही पनि धिक छैन, खानु, मैथुन गर्नु, सुत्नु र डराउनु यी सर्वत्र छन् ।
भोकाएका बेला खान पाउँदा सबै शरीरधारीले समान सन्तुष्टि पाउँद्छन्, यसमा कसैलाई थोरै र कसैलाई धेरै हुँदैन । जसरी हामीलाई तिर्खा लागेको बेला पानी खाएर तृप्त हुन्छौं अथवा प्रसन्न हुन्छौं, त्यसरी अरू तिर्खाएका पनि तृप्त हुन्छन्, यसमा पनि धेरथोर भन्ने केही छैन । संसारमा रूप, यौवन सम्पन्न हज्जारौं नारीहरू भए पनि भोग गर्ने समयमा एउटीलाई मात्र गरिन्छ । अनेक प्रकारका सयौं घोडा भए तापनि आफूले चढ्दा त एउटामा मात्र चढिन्छ, एकैचोटि दुईवटामा चढिँदैन । पलङमा सुत्नेलाई जुन सुख मिल्दछ, त्यही सुख निद्राले ब्याकुल भएर पृथ्वीमा सुत्नेलाई पनि मिल्दछ । जसरी हामी शरीरधारीहरूलाई मृत्युको भय छ, त्यसरी ब्रहृमादेखि लिएर साना कीरालाई पनि मृत्युको भय छ ।
अनादिकालदेखि नेपाल स्वतन्त्र तथा सार्वभौम सम्पन्न राष्ट्र थियो भन्ने ज्ञान ती देशद्रोही कथावाचकलाई थाहा नहुने कुरै भएन् । तीनवटै भरत नेपालका हुन् । भरतको राज्य हिमालदेखि विन्ध्याचल पर्वतसम्म थियो, जसलाई आर्यावर्त भनिन्छ । बरू इण्डियाको ठूलो भू–भाग नेपालमा थियो भन्ने प्रमाण हामीसँग छ ।
यसरी विचार गर्ने हो भने सबै शरीरधारी समान छन्, त्यसैले कहिल्यै कसैको हिंसा गर्नुहुँदैन । हिंसा नगर्नु नै परम धर्म हो र आत्मालाई पीडा दिनु नै पाप हो, अर्काको अधीनमा नहुनु नै मुक्ति हो, इच्छा अनुसारको भोजन गर्न पाउनु नै स्वर्ग हो । नर्कदेखि डराउने व्यक्तिले कहिल्यै हिंसा गर्नुहुँदैन । प्राणीहरूका लागि स्वर्ग र नर्क यहीँ छ, अन्यत्र कतै पनि छैन । सुखको नाम स्वर्ग र दुःखको नाम नर्क हो । सुख भोग्दाभोग्दै मृत्यु भएमा तत्वविचारकहरूले त्यसैलाई मोक्ष भनेका छन् । तत्वचिन्तकहरूले वासनासहित कष्टको नाश भएर अज्ञानबाट मुक्त हुनुलाई मोक्ष भनेका छन् । यसरी मायावी अरिहनले त्रिपुरका मालिकलाई ज्ञान दिएपछि त्रिपुरवासी असुरहरूलाई आफ्नो धर्मको व्याख्या गर्दै भने प्रत्यक्ष देखेको कुरामा मात्र विश्वास गर्नुपर्छ, प्रत्यक्षमात्र देहसुख साधक हो भन्ने कुरा वेदभन्दा माथि हो ।
आनन्द नै ब्रहृमको स्वरूप हो, श्रुतिले भनेको कुरा मान्नुपर्छ अरू कल्पना सबै मिथ्या हुन् । जबसम्म यो शरीर स्वस्थ्य रहन्छ जबसम्म इन्द्रियहरू कमजोर हुँदैनन् जबसम्म बुढ्याइँ आउँदैन तबसम्म सुखभोग गर्नुपर्छ । यो शरीरको नाश तुरुन्तै हुन्छ, सञ्चय पनि नश्वर छ, तसर्थ ज्ञानी मानिसले आफ्नो शरीरको सुखसाधनको लागि प्रयत्न गर्नुपर्छ यो शरीरु अन्त्यमा कुकुर, काग र किराहरूको बिहानको भोजन हुनेछ । ब्रहृमादेखि यो सृष्टिको प्रारम्भ भएको बुढापाकाहरू भन्दछन् । उनका दक्ष र मरीचि नाम गरेका प्रख्यात दुई छोरा थिए । मरीचिका छोरा कश्यपले दक्षका तेह्रवटी सौन्दर्यवती कन्यासँग विधिवत् विवाह गरेका थिए ।
यतिमात्र होइन अरिहनले पातिव्रत्य रूप महान् स्त्रीधर्मको पनि खण्डन गरे । पुरुषले जसका स्त्रीसँग र स्त्रीले जसको पुरुषसँग पनि संसर्ग गर्न पाउँछ भने उनले देउताहरूको पूजा, उपासना, श्राद्ध, यज्ञ, तीर्थ, तीर्थश्राद्ध आदि सबै धर्मकर्मको विरोध गरे, देह तृप्त भए मोक्ष प्राप्ति हुन्छ भनेर शिक्षा दिए । शिवको पूजा, शिवलिंगको आराधना तथा विष्णु, सूर्य, गणेश आदि देवदेवीको विधिपूर्वक गरिने पूजामा निषेध गरे । ती मायावी अरिहनले स्नान, दान विशेष पर्वकाल आदि सबैको खण्डन गरे । यसरी उनले त्रिपुरबाट वेदधर्म हटाइदिए । त्रिपुरवासीहरूले उनको शिक्षा प्राप्त गरेपछि अहिलेसम्म वैदिक सनातन रीतिले गर्दै आएको सत्कर्महरू त्यागी दिए । वेदपाठ, पूजा अर्चनालाई विसर्जन गरिदिए । शिव आराधना र शिवलिंग पूजा बहिष्कार गरे ।
पुरुषहरू परस्त्रीमा मोहित भएर व्यभिचार गर्न थाले, स्त्रीहरू परपुरुषमा मोहित भएर परपुरुष गमन गर्न थाले । यसरी त्रिपुरमा सबैले आफ्नो सनातन वैदिक धर्म त्याग गरेपछि धनकी देवी लक्ष्मीकी दिदी दरिद्रताको देवी अलक्ष्मी पनि त्यहाँ बास गर्न आइन् । अलक्ष्मीको आगमनले दरिद्रता ल्याउन सुरु ग¥यो । त्रिपुरवासी सबै बुद्धिहीन भए । धर्म नाश हुनाले त्रिपुरपति दैत्यराजको शक्ति कुण्ठित भयो, त्रिपुरपति आफ्ना भाइहरू र मयसहित सामथ्र्यहीन भयो ।
तारकासुरका पुत्र तारकक्ष, विद्युन्माली र कमलाक्षले ब्रहृमाजीवाट वरदान पाएपछि तीनवटा पुर बसालेका थिए, स्वर्गमा स्वर्णको, आकाशमा चाँदीको र पृथ्वीमा फलामको पुर । यसरी त्रिपुर निर्माण भएको थियो । तीनै पुरमा बाटाघाटा, उद्यान, पोखरी आदि सुन्दरतम् स्थान बनाए र तारकाक्षले स्वर्ण पुर, कमलाक्षले चाँदीको र विद्युन्मालीले फलामको पुर लिएका थिए, जुन एक हजार वर्षमा आधा निमेषको लागि एक ठाउँमा मिल्दथे, जसलाई शिवजीले वैदिक धर्म त्याग गरेर वेदविरोधी पन्थ अपनाएकोले पाशुपत अस्त्रद्वारा भष्म गरेका थिए । अरिहन र उनका सहयोगीहरूलाई त्रिपुर ध्वंश भएपछि मरुभूमिमा विष्णुले जान भने । कलियुगमा जब पापले सर्वोच्च राज्य गर्नेछ तब उनीहरू फेरि नयाँ शिक्षा लिएर पृथ्वीमा अवतरण गर्र्नेछन् र भगवानले अवतार लिएर संसारबाट पाप र असुरहरूलाई समाप्त गरे पछि उनीहरूलाई पनि समाप्त पार्नेछन् भन्ने आशीर्वाद दिए । यसरी अरिहनले त्रिपुरासुर र त्रिपुरका असुरहरूलाई वैदिक धर्मबाट च्यूत गरी वेदविरोधी धर्ममा दीक्षित गरी उनीहरूको सर्वनाश गरे ।
शिव महापुराणको उक्त कथा अहिले किन सान्दर्भिक भयो भने नेपाली जनता अहिले यस्तै अरिहनहरूको सम्मोहनमा परेका छन् । अरिहनहरूले सनातन वैदिक धर्मबाट नेपालीहरूलाई विमुख गरी आफ्नो वेदविरोधी धर्ममा आकृष्ट गरेका छन् । ख्रिष्टान मिसनरीहरूको सक्रियता बढ्दै नेपालमा ख्रिष्टान धर्म फैलाउनु, दक्षिणका अरिहनहरूले विभिन्न पन्थको नाममा नेपाली जनतालाई सनातन धर्मबाट विमुख हुँदै आफ्नै स्वघोषित वेदविरोधी धर्ममा रूपान्तरण गर्नु, सुम्पूर्ण राज्य व्यवस्था वेद विरोधी अरिहनहरूको हातमा हुनु आदि कार्यले नेपालमा अहिले त्रिपुरासुरको राज्य कायम गरेका छन् । त्रिपुरासुरको राज्यमा युवाहरू देश छोडी विदेशिनु परेको छ, अरिहनका सन्तानहरू नेपाली नागरिकता पाई वेदविरोधी कार्यमा संलग्न हुन पाएका छन् ।
पशुपतिमा धर्मको नाममा रमाइलो मेला लागिरहेको छ । सेलिब्रेटीहरू आइरहेका छन् । इण्डिया र बेलायताट कथावाचक र वाचिका, स्टोरी टेलर आइरहेका छन् । भ्रम सिर्जना गर्ने र आफू विदुषी नभएकाले गल्ती हुनसक्छ पनि भन्ने गरेका छन् । नाचगानका् रमाइलो वातावरण सिर्जना भएकै छ, अन्धभक्तहरूको घुँइचो पनि उल्लेखनीय नै छ । श्रावण महिनामा शिवपुराण, पाशुपत महात्म्य, लिंग पुराण, हिमवत्खण्ड पुराण, मानस खण्ड, गण्डक पुराण आदि लगाउनुपर्नेमा भागवत, रामचरितमानस लगाइरहेका छन् । बल्लबल्ल एउटा शिवपुराण लगाएका छन्, तैपनि कुनै विद्वान वा विदुषीबाट होइन । यज्ञ विधिपूर्वक नभएको धेरै विद्वान, साधु, सन्यासीहरूले भनिसकेका छन् । आयोजक ठगी मुद्दामा दुई वर्ष जेल बसेका मानिस हुन् ।
सबैभन्दा प्राचीन रामायण वाल्मीकिले यही नेपालमा लेखेको रामायण पाठ गर्नुपर्नेमा दक्षिणका सन्तले लेखेका रामचरित मानस पाठ हुँदैछ । एकचोटि मानिलिऊँ, रामचरित मानस वाचन गर्ने बेलायती नानीलाई संस्कृत आउँदैन, त्यसैले वाल्मीकि रामायण पाठ गर्न सकिनन् तर हाम्रै आदिकवि भानुभक्तले लेखेको रामायण त पाठ गर्न सक्थिन् । हाम्रो मौलिक धर्म तथा संस्कृतिलाई बिगार्न आरएसएसको यस यज्ञ तथा भागवत वाचनमा ठूलै लगानी छ भनेर किन न भन्ने ? इण्डियाबाट एउटा कथावाचक आएका छन् अनिरुद्धाचार्य, जसले इण्डियामा प्रवचन दिँदा नेपाल भारतको हिस्सा थियो, पछि अलग भएको हो भनेर भनेका थिए, अहिले भारत माता कि जयजयकार लगाए र लगाउन लगाए, अन्धभक्तहरूले पनि भारत माताको जयजयकार लगाए । उनी कथावाचन गर्न आएका हुन् न कि राजनीति ।
चीनविरुद्ध बोल्ने अधिकार कसले दियो उनलाई ? वैदिक धर्म, बोन, किरात र बौद्ध धर्मको संघमस्थल नेपालमा चिनियाँ धार्मिक पर्यटक नेपालमा कति आउँछन्, उनलाई के थाहा ? नेपालमा आएर यस्ता कथावाचक बोलाएर आयोजकले इण्डियाको अखण्ड भारतको योजनालाई साथ दिइरहेका छन् । अनादिकालदेखि नेपाल स्वतन्त्र तथा सार्वभौम सम्पन्न राष्ट्र थियो भन्ने ज्ञान ती देशद्रोही कथावाचकलाई थाहा नहुने कुरै भएन् । तीनवटै भरत नेपालका हुन् । भरतको राज्य हिमालदेखि विन्ध्याचल पर्वतसम्म थियो, जसलाई आर्यावर्त भनिन्छ । बरू इण्डियाको ठूलो भू–भाग नेपालमा थियो भन्ने प्रमाण हामीसँग छ । यो कथित महायज्ञ र कोटिहोम आरएसएसबाट सञ्चालित भएको चारैतिरबाट प्रमाणित हुन्छ ।
किनकि जसले यसको कमी कमजोरीहरूको विरोध गर्छ आरएसएसका कार्यकर्ता तल्लो स्तरमा झरेर गालीगलौज गर्न सुरु गर्छन् । वेदविरोधी अरिहनहरूको रूप धेरै छ । अहिले पशुपतिमा देखिएको छ, कोही इस्कोन, कोही ब्रहृमकुमारी राजयोग, कोही रामपाल, कोही राधास्वार्मी, कोही साईबाबा, कोही राधे राधे, कोही कृष्ण प्रणामी आदि इत्यादि अरिहनहरू मौलिक वैदिक धर्म माथि आक्रमण गरिरहेका छन् । उनीहरूको मोहमायामा परेर भेडा जस्तै भएका अज्ञानी नेपालीहरूमा ज्ञान र विवेक कहिले फिर्ने हो ? कहिले अरिहनहरू र त्रिपुरासुरहरूको संहार हुने हो ? जागौं नेपाली जागौं । अरिहनहरूको चाल तथा जालबाट उम्कौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच