झापा। लामो समयदेखि अनुचित लेनदेन (मिटरब्याजी)मा संलग्न रहेको आरोपमा ललितपुर महालक्ष्मी नगरपालिका ६ का ३४ वर्षीय मधुकर बस्नेत पक्राउ परेका छन् ।
झापा बिर्तामोडका कृष्णप्रसाद शिवाकोटीले अनुचित लेनदेनमा उजुर गरेपछि झापा प्रहरीले बस्नेतले पक्राउ गरेको हो । उनले १० औँ जनालाई ठगी गरेको आरोप छ । शिवाकोटीले उजुर गरेपछि बिर्तामोड नगरपालिका ५ मा डेरा गरिबस्दै आएका बस्नेत फरार भएका थिए ।
खोजतलासको क्रममा सुनसरी प्रहरीसँगको समन्वयमा बस्नेतलाई इटहरी उपहानगर क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो । बस्नेत इटहरीमा लुकीछिपी बसेको सुराक प्रहरीले पत्ता लगाएको थियो । बस्नेतलाई जिप्रका झापामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता चन्दले जानकारी दिनुभयो ।
बस्नेत उपर जिल्ला अदालत झापाबाट म्याद थप समेत गरिसकिएको छ । अनुसन्धान भइरहेकोले बस्नेतले मिटरब्याजी धन्दा चलाएर कति ठगेका हुन् त्यो भने प्रहरीले गोप्य राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच