- कपिल अर्याल
बुटवल उपहमानगरपालिकामा रहेको एतिहासिक जितगढी क्षेत्रको बारेमा धेरै अनविज्ञ छन् । अनविज्ञताको प्रमुख कारण भनेको सम्बन्धित निकायको व्यापक प्रचारप्रसार नहुनु नै हो । यो एतिहासिक क्षेत्रबारे नयाँ र पुराना अनविज्ञ पुस्तालाई जानकारी गराउनुपर्नेछ । वीरता र साहसको प्रतीक यस जितगढी किल्ला लुम्बिनी प्रदेश र रूपन्देही जिल्लाका लागि गौरवपूर्ण इतिहासको सम्झन लायक एक अभिलेखालय तथा सम्पदा स्थल हो ।
ऐतिहासिक पक्ष
नेपालमा १८१४–१८१६ सम्म चलेको इष्ट इण्डिया कम्पनीविरुद्धको आन्दोलन नै एङ्ग्लो नेपालीज बार हो । तत्कालिन परिस्थितिमा बेलायती साम्राज्यवादले एसिया क्षेत्रमा जरा गाढिसकेको थियो । सन् १६५७ मा कलकत्तामा कम्पनीको रूपमा प्रवेश गरेका अंग्रेजहरूले दक्षिण एसियासम्म आफ्नो प्रभुत्व कायम गरेका थिए । सोहीनुरूप नेपालका विभिन्न क्षेत्रमा प्रवेश गरी विभिन्न गढीहरूमध्ये जितगढी किल्लामा पनि आक्रमण गरेका थिए । जोन सुलिभन हुड नेतृत्वको अंग्रेज फौज अर्थात् इष्ट इण्डिया कम्पनीको आवरणमा उत्रिएका फौजको प्रतिकारमा वीर साहसी पुरुष कर्णेल उजिरसिंह थापाले नेपाल पक्षको युद्धको नेतृत्व गर्दै अंग्रेज फौजमाथि विजय हासिल गरेका थिए । १८७२ साल वैशाख ७ गते कर्णेल उजिरसिंह लगायतको नेपाली फौजले वीरताको झण्डा गाढ्न सफल भएको क्षेत्र नै वास्तवमा जितगढी किल्ला हो ।
नौ फिट कायम भएको उजिरसिंह थापाको मूर्ति स्थापना गरिएको छ । आसपास क्षेत्रमा बृहत् गुरुयोजनासहित करिब तीन कठ्ठा जग्गामा जितगढी संग्राहलय स्थापनार्थ केही वर्षअघि बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले शिलान्याससमेत गर्नुभएको थियो । झण्डोत्तोलन तथा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण २०७६ साल वैशाख ७ गते विशेष दिन पारेर भएको थियो ।
सामरिक महत्व
पूर्वमा–तिनाउँ नदी पश्चिममा मणिमुकुन्द शेनको दरबार र नुवाकोटगढी उत्तरमा नुवाकोट र वसन्तपुर डाँडा र दक्षिणमा समथर भू–भाग, भूराजनीतिक दृष्टिकोणले पनि सामरिक महत्वको विषय यस जितगढी किल्ला शेन वंशको पालामा निर्माण भएको कुरा पठनपाठनका सामग्रीमा यदाकदा अध्ययन गर्न पाहिन्छ । नेपालको भ्रमण गरी कनकमणि तिवारी जस्ता अनुकुल पात्रमार्फत फ्रान्सिस हेमिल्टनले यस क्षेत्र आसपासको अध्यन गरी युद्ध रणनीति बनाएको उनकै पुस्तक एन एकाउन्ट अफ द किङ्डम अफ नेपालमा उल्लेख छ । सोहीनुरूप जितगढी किल्लामा बसेर तिनाउँको चिसो हावासँगै यसको भौगोलिक अवस्था अध्ययन गर्दै गर्दा इतिहासका घटनाक्रम त्यति सहज थिएनन् भनेर विश्लेषण गर्न कुनै हिचकिचाहट भएन ।
तत्कालीन स्थितिमा मणिमुकुन्द शेनको दरबार, नुवाकोट गढी र पाल्पा आक्रमण गर्न तिनाउँ नदी तरेर आउन आवश्यक थियो । सडक, पुल पुलेसो नभएका कारण तिनाउँ नदी पार गर्न दुश्मनलाई सहज थिएन त्यसैले हुन सक्छ अंग्रेज फौजले तिनाउँमा पानिको बहाब घटेको अवस्था हेरेर वैशाख महिनामै आक्रमण गर्ने सुर गरेका थिएकी भन्ने आशंका गर्न सकिन्छ । उनीहरूको अर्को उद्देश्य भनेको पाल्पा, गुल्मी, अर्घखाँची सम्मका गणराज्यसँग राज्यको मार्ग विस्तार गर्नु पनि थियो तर उजिर सिंहलगायतको नेपाली फौजले त्यो सफल हुन दिएन । त्यसकारण पनि यस क्षेत्रलाई भू–सामरिक महŒवको विषयको रूपमा ग्रहण गर्नु वाञ्छनीय हुनेछ ।
वर्तमान अवस्था
यस जितगढी क्षेत्रलाई ‘वार मियुजियम’ पनि भन्ने गरिन्छ । इन्जिनियर धर्मराज ढकालले निर्माण गरेको ४२ फिटको राष्ट्रिय झण्डा यस क्षेत्रमा राखिएको छ । नौ फिट कायम भएको उजिरसिंह थापाको मूर्ति स्थापना गरिएको छ । आसपास क्षेत्रमा बृहत् गुरुयोजनासहित करिब तीन कठ्ठा जग्गामा जितगढी संग्राहलय स्थापनार्थ केही वर्षअघि बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले शिलान्याससमेत गर्नुभएको थियो । झण्डोत्तोलन तथा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण २०७६ साल वैशाख ७ गते विशेष दिन पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । नेपाली सेनाको संरक्षणमा रहेको यस जितगढी किल्ला २०८० साल पुस २० गते राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको समुपस्थितिमा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई हस्तान्तरण गरिएको कुरा त्यहाँस्थित शिलालेखले दर्शाउँछ । हाल यस क्षेत्रमा उजिरसिंह थापालगायत सेनाहरूको मूर्ति स्थापना गएिको छ । युद्धको क्रममा उनीहरूले प्रयोग गरेका हातहतियार पनि बढो मिहिनेतका साथ सजावट गरिएको छ ।
सम्बद्र्धन र प्रवद्र्धनको पक्ष
यस ऐतिहासिक, पुरातात्विक एवं सामरिक महत्वको सम्पदा स्थललाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको दाहित्व हो । यो पर्यटकीय गन्तव्यको क्षेत्र बन्नुपर्दछ । खस्यौली र बटौली शब्दावलीहरू आजकल कम उच्चारण हुन थालेका छन् यो ऐतिहासिक भौगोलिक मार्ग हिजोको नुन, तेल, रेशमलगायत मालसामान बिक्रीवितरण हुने थलो पनि हो तसर्थ यसको सामाजिक र ऐतिहासिक पृष्ठभूमि बोकेको वृतचित्रलाई आजको आधुनिक समाजमा फैलाउँन सक्नुपर्दछ । विरता र विजयका प्रतीक उजिरसिंह थापालाई राष्ट्रिय विभूतिमा सूचीकृत गर्नुपर्दछ । लुम्बिनी प्रदेशको पुरातात्विक विभागका साथै स्थानीय पाठ्यक्रममा कर्णेल उजिर सिंह थापालगायत विषय सामग्री अध्यन अध्यापन गराउनुपर्दछ । यस किल्लाको भौतिक संरचनालाई व्यवस्थित गरी पर्यटक प्रर्वद्धनको पूर्वाधार निर्माणमा जुट्नुको विकल्प छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच