- सुरेशकुमार भट्ट
(पिपिरी)
चुटुक्क मिठो चटनी
सत्य परक कथनी ।
ठूटो रूखमा छ बुटो
फल फलेको छ मीठो ।
बहत्तरका थे ती बुढा
छोरो मर्दा ब्वारी रूँदा ।
सन्तान बुढाको छैन
छोरै म¥यो सन्तान् भैन ।
सम्धी घरको सप्ताहा
गए दुवै मान्न निम्ता ।
बाटोमा कुरा भो धन्को
म मरेपछि खाने को ?
ससुरा बा मरेसी गो ।
बुहारीलाई च्वास्स भो
मनमा कुरा खेलि रो ।
हो त नि चञ्चला श्री छ
मरे अलपत्र हुन्छ ।
मैले ब्या गरे सबै गो
बरू बुढाको गरे भो ।
बुढा पहिचान गर्छु
पिसाबको ठाउँ हेर्छु ।
बुढा सु गर्न खोजेसी
बुझेर ब्वारी परै रही ।
थचक्क फेद भोगटे
छेल परी गै नदेखे ।
चिसो चर्चो गर्नै प¥यो
नत्र त वंशै नाशियो ।
अलिपर बगरमा
शु गरे झाङको आडमा ।
गए बुढा बाटो लाग्दै
बुहारी तेतै दाखिल भै ।
बुहारी लुकी थी काप्मा
बुढा गए आई ठाम्मा ।
देखिन् त्याँ मुतेको ठाम
खाल्डो गैरो के बताम ।
खोजेको रहस्य त्यै थ्यो
बुझी हाली अब काम्भो ।
मनमनै बात मारी
बुढा पुगे खोला पारि ।
सुरु सुरु बाटो लागिन्
मन्मा कुरा सोच्न थालिन् ।
बेलुकी साँझमा पुगे
सबैले ढोगदै नुगे ।
ससुरा खाएर सुते
सबै चेलीबेटी जुटे ।
टपरी तुन्दै गफाए
भेटेर दिदी रमाए ।
कुरा र रात धेरै गो
दिदीको एक प्रस्ताव भो ।
बाल विधवा चञ्चली
थिई ऊ वर्ष बत्तीस्की ।
विधवा विवाह गाह्रो
गरेमा हुने भो तारो ।
अाँटेर गरे भै नि गो
डराए राँडी राँडो रो ।
त्यसैले शशीले आँटी
विधवा चञ्चली थि खाँटी ।
सबैका पोइका सुनी
निहुरी मनमा गुनी ।
सबै बोलिरहे पनि
वाक्यै फुटेन त नि ।
बोल चञ्चली तँ बोल्न
बाटै छैन दी मुख खोल्न ।
झन् इत्तरे पोइ हुनी
लाजले न्यूरी टाँग मुनि ।
बिहा गरौँ बैनी कसो ?
अरू सबले भने हो हो ।
म जस्तो अभागी को छ ?
भाग्य बनाउने क्वै छ ?
समयले भाग्य बन्छ
भनन तिम्लाई मन छ ?
को होला र तेस्तो दिदी ?
म हुने उस्की श्रीमती ।
हाम्रै नजिक छन् ती
फरक पर्दैन एक रति ।
अब सुखैसँग बस
हो भने कम्मर कस ।
दिदीहरूले भनेसी
हँुदैन भन्दिन शशी ।
ल तेसो भए चञ्चली
तिमी मसँगै बसौली ।
कसरी शशी दी तिमी ?
म ससुरा तिमी जिमी ।
अरू कुरा भोलि गर्छु
बैनी ब्या यै जग्गे गर्छु ।
चञ्चली शशीको गला
दुवैसँगै भो शुकला ।
ससुरा बुढा के थाहा ?
सबैले भने अहा हा ।
वंश जोगाई शशीले
धन भोगी चञ्चलीले ।
सांगता दिन बिहा भो
वंश थाम्न गरे ब्या यो ।
लि गए सिन्दुर पैरी
चञ्चलीको हात् पकडी ।
नयाँ भो बुढाको घर
चञ्चलीको कर्मघर ।
सुन्दर भो घर द्वार
शशीको चातुर्य भार ।
शशीको सोच चन्द्रमा
चञ्चली छम्छम् घरमा ।
शशीको पीर शान्त भो
वर्ष दिनमै छोरो भो ।
दुई वर्षभित्रै छोरी
शशीले हाँसी स्याहारी ।
तीन भाइ छोरा भए
तीन बैनी छोरी भए ।
सम्पत्ति कल्ले खाला थ्यो
बस्र्यौटो टुंग्गा टुंग्गो भो ।
वंश थाम्ने बुहारी को ?
न सासु न त आमा हो ।
दिदी साइनु चञ्चली
शशीले सम्झी सहेली ।
सबैको आमा शशी दी
बोक्ने पाउने चञ्चली ।
पाउनेले पाइदियो
बाँझो काख भराइदियो ।
झोलुङ्गो हल्लाई शशी
हो हो बाबु हो नानी हो
मर्दा पानी पाइने भो ।
वनै राम्रो हरियाली
चौतारी राम्रो सियाली ।
हो नानी हो हाम्रो दुख्ख गो
हो बाबु हो घर्भरी भो ।
घर उज्यालो बालाले
कोठा उज्यालो पालाले ।
बुहारीले थामी वंश
फैलिएका छन् विध्वंस ।
बुहारीको तारतम्य
उजाड् घर भो सुरम्य ।
पाठापाठी खोर राम्रो
पाडा बाच्छा गोठ राम्रो ।
छोरी ब्वारी घर राम्रो
लालाबाला पिँडी राम्रो ।
बुढाबुढी (भा) घर राम्रो
आइमाई (भा) भान्सा राम्रो ।
बत्तीले घर उजेलो
गुनिलो वनको दियालो ।
राँगाको गोठ हुँदैन
पोथी नभै बच्चा हुँदैन ।
सबैको आउने बाटो
तेही, भन्नलाई लाज भो ।
जस्को घरमा नारी छ
आइमाई जो खाँटी छ ।
त्यो घर स्वर्ग सरी छ
चरीको दूध उब्जिन्छ ।
पुरुष सब खेलौना हो
नारीको खेल् बिलौना हो ।
नारीले सात कुल तार्छे
२१ कुल नर्क पार्छे ।
लोग्ने छोरो बार्को काठ
घर धान्ने नारी हात ।
शशीको सोच महान्
मैले पाएँ आन्उखान ।
अैले नि तेता चर्चा छ
बुहारीले बना वंश छ ।
जुन अक्किल ब्वारीको भो
ढकालको वंश रहृयो ।
बनाएँ नौलो ‘पिपिरी’
लोक काव्य यो निष्फिक्री ।
नारी (ले) चाहे जे नि हुन्छ
चाहिनन् भने के हुन्छ ?
नारीले आँटे छिनका छिन्
पुरुषले आँटे वर्ष दिन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच