काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उहाँको भनाई थियो । सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिव जनतामाथि ठगी गरेर शेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस । सरकारले यसलाई रेगुलेट गरोस् । छानविन समिति बनाएर त्यस्ता कृतिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरु छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ रु तिनीहरुलाई कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु ।’
शेयर बजारमा कृतिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच