काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताउनुभएको छ ।
सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याइने बताउनुभएको हो ।
उहाँले १८ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरुका बीचमा सहमती जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताउनु भयो । उहाँले प्रतिवेदन तयार भइसकेपछि शीर्ष नेताहरुलाई देखाएर संसदमा पेश गरिने बताउनुभयो । उहाँले संसदबाट सर्वसम्मत रुपमा पारित गर्नेगरी शिर्ष नेताहरुले सम्बोधन गर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो - ‘टिआरसीमा १८ वर्षदेखि सहमती हुन नसकेको विषयमा सबै पार्टीका प्रमुख सचेतकहरु, गृहमन्त्रीको विशेष पहलमा एमालेका प्रमुख सचेतक, जनार्दन शर्माको विशेष पहलमा यो सहमती भएको छ । त्यसले एउटा कोसेढुंगाको रुपमा यो देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने छ । प्रतिवेदन तयार हुँदैछ । चाँडै प्रतिवेदन नेताहरुलाई देखाएर संसदमा पेश गर्ने । संसदमा सबै पार्टीका शीर्ष नेताहरुले त्यस सम्बन्धमा सर्वसम्मतिले पास गर्नेगरी सम्बोधन पनि गर्नु हुनेछ । पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने हो । देशमा सुशासन कामय गर्ने । र समृद्धितर्फ देशलाई अगाडी बढाउने यिनै हुन सरकारका प्रमुख कार्यहरु ।’
मन्त्री चौरसियाले सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु रहेको बताउनु भयो । त्यस्तै देशमा सुशासन कायम गर्नु र समृद्धितर्फ देशलाई अगाडी बढाउनु सरकारको प्रमुख कामहरु रहेको उहाँले उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच