ढाका । बङ्गलादेशकाे राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको उल्लेख गरेको छ । उहाँ हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।
यसअघि प्रधानमन्त्री हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेको उहाँनिकट स्रोतले सोमबार जानकारी दिएको थियाे ।
नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, “प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “उहाँले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।”
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिनुभएको हो ।
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।
यसैबीच प्रधानमन्त्री हसिनाका छोराले सोमबार देशको सुरक्षा बललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी सन्देशमा कुनै पनि गैर–निर्बाचित समूहबाट हुनसक्ने सत्ता कब्जा रोक्न आग्रह गर्नुभएको थियो ।
हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका सजीब वाजेद जोयले फेसबुकमा लेख्नुभएको छ, “हाम्रो कर्तव्य हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित राख्नु र संविधानको पालना गर्नु हो । यसको अर्थ कुनै पनि अनिर्वाचित सरकारलाई एक मिनेट पनि सत्तामा आउन नदिनुहोस्, यो तपाईंको कर्तव्य हो ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच