गुल्मी । गुल्मी जिल्ला अदालत बार एसोसिएसनमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । यस जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न गुल्मी जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट गुल्मी जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता गोपालप्रसाद खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा अधिवक्ता देविराम भण्डारी निर्वाचित हुनुभयो । सचिवमा अधिवक्ता हरिप्रसाद अर्याल, सहसचिवमा अधिवक्ता हीरा कुँवर र कोषाध्यक्षमा अधिवक्ता टुकबहादुर कुँवर निर्वाचित हुनुभयो ।
त्यस्तै, कार्यसमिति सदस्यमा अधिवक्ता चिरञ्जीवी शर्मा, अधिवक्ता गुणानिधि शर्मा, अधिवक्ता लक्ष्मण सापकोटा, अधिवक्ता गणेश श्रीपाली, अधिवक्ता भीमलाल न्यौपाने, अधिवक्ता बोमलाल भण्डारी, अधिवक्ता हरिप्रसाद पाण्डे र अधिवक्ता प्रवीण अधिकारी सर्वसम्मत निर्वाचित हुनुभयो । यस गुल्मी जिल्ला अदालत बार एसोसिएसनमा २८ जना अधिवक्ता आबद्ध रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच