पाँचथर । पछिल्लो समय पाँचथरमा आत्महत्या गर्ने क्रम बढ्दो मात्रामा रहेको पाइएको छ ।
एक वर्षको अवधिमा पाँचथरमा ५८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याक अनुसार गत आर्थिक वर्ष ०८०/८१ को तथ्यांक अनुसार ५८ जनाले आत्महत्या गरेको पाइएको हो ।
आमहत्या बढ्नुको कारण डिप्रेशन, आर्थिक अभाव,नैरासयता,मादक पदार्थ सेवन,बरोजगारी लगायतका कारण रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त क्षेत्री भण्डारीले बताउनुभयो ।
पत्रकार सम्मेलन गर्दे प्रहरीले एक वर्ष भित्रमा जिल्लामा घटेका घटनाहरुको तथ्यांक समेत सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्ष ०८०÷८१ को तथ्यांक अनुसार पाँचथर जिल्लामा कर्तब्य ज्यान ४ जना,ज्यान मार्ने उद्योग ८ जना,भवितब्य ज्यान ४० जना,फुटकर ज्यान अर्थात मृत फेला ११ जना,ज्यान सम्वन्धी एक जना,आत्हत्या गर्न दुरुत्सहान २ जना,विष खाएर ५ जना,चोरी १७ जना, ठगी २ जना,लागु औषध ९ जना,साईबर सम्वन्धि कसूर १ जना,अभद्र ब्यवहार ३१ जना,बैङकिङ कसूर ७ जना,बहुविवाह ७ जना,जवरजस्ती करणी ११ जना,जवरजस्ती करण उद्योग ५ जनाको मुद्धा दर्ता भएको थियो ।
यस्तै बाल यौन दुब्र्यवहार ४ जना, सवारी ज्यान ६ जना, सवारी अंगभंग, कुटपिट अंगभंग, हातहतियार खरखजना एक, ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, शरीर वन्धकको एक एक वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०८०÷०८१ म २ सय ३७ वटा मुद्धा दर्ता भएकोमा १ सय ३९ वटा मुद्धा फच्र्योट भइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच