गुल्मी । गुल्मीमा पाँचौं पुल्चोक कप सञ्चालन हुने भएको छ । यस जिल्लाको सदरमुकाम तम्घासस्थित चिदिचौर खेलमैदानमा पुल्चोक स्पोर्टस क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा - १० सम्म) छात्रा फुटबल प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।
अध्यक्ष न्यौपानेका अनुसार आगामी भदौ १२ गतेदेखि १५ गतेसम्म तम्घासमा क्लबको छैठौं वार्षिकोत्सबको अवसरमा पाचौं पुल्चोक कप - २०८१ अन्तर्गत छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । पुल्चोक कप - २०८१ विजेतालाई ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र उपविजेतालाई २२ हजार २२२ नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव उमेश पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिनेछ । पाचौं पुल्चोक कप - २०८१ मा धेरै छात्रा खेलाडीको सहभागीता गराउनका लागि क्लबले सबै पालिका, विद्यालय र जिल्ला शिक्षा तथा समन्वय इकाईलगायतका कार्यालयसंग समन्वय गरेको छ ।
गुल्मीमा महिला खेलाडीको पहिचानसँगै खेलाडी उत्पादनको लागि क्लबले विगतका वर्षमा पनि जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा - १० सम्म) छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच