भोजपुर । भोजपुर नगरपालिकाले अपाङता भएका नागरिकहरुका लागि अपाङ्ता परिचयपत्र बितरण तथा स्वास्थ्य शिविर सुरु गरेको छ ।
नगरपालिकाले पालिका अन्तर्गत अपाङता रोकथाम तथा पुन: स्थापना कार्यक्रम १२ वटै वडामा नयाँ परिचय पत्र बितरण, नविकरण तथा स्वास्थ्य शिविर संचालन थालेको भोजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईले जानकारी दिनुभयो ।
सोही अनुसार नगरपालिकाको ७ नम्वर वडासम्म शिविर संचालन भई सकेको राईले बताउनुभयो । बाँकी रहेका ८ देखि १२ सम्मका वडाहरुमा पनि आगामी २५ गतेभित्रमा परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गरि सकिने भोजपुर नगरपालिकाले जनाएको छ ।
वडा तहमा संचालन भएका शिविरहरुले नगरपालिकाको केन्द्रसम्म परिचयपत्र बनाउन जानु पर्ने झन्झटको समेत अन्त्य गरेको नगर उपप्रमुख निर्मला शेर्पाले बताउनुभयो । उपप्रमुख शेर्पाले भन्नुभयो, “आफ्नै वडामा नै अपाङता परिचयपत्र बनाउन र स्वास्थ्य परीक्षण गराउन पाउँदा अपाङता भएका नागरिकहरु समेत खुशी देखिनु भएको छ ।”
नगरपालिकाले वडा वडामा गएर अपांगहरुलाई पहिचान गरि परिचय बितरण गर्न थालेपछि स्थानीय अपाङ्ता भएका व्यक्तिहरु समेत हर्सित बन्नु भएको छ । वडा तहमा संचालन गरिने शिविरहरुले सेवा लिन पनि सहज हुने भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नविन प्रधानले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच