काठमाडौं । नेपालमा सडक यातायातको इतिहास अन्य देशको तुलनामा निकै छोटो भए पनि सुरुङमार्ग निर्माणको इतिहास भने एसियाका अन्य देशको तुलनामा निकै लामो छ । १०४ वर्षअघि अर्थात् विक्रम संवत् १९७५ मै मकवानपुरको चुरियामाईमा पाँच सय मिटर लामो सुरुङमार्ग निर्माण गरिएको थियो । चुरिया सुरुङ मार्गलाई एसियाकै पहिलो सुरुङ मार्गसमेत मानिन्छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा पुरिएको पहिलो सुरुङ सरकारले संग्रहालयका रूपमा विकास गरेको छ ।
अहिले भने एसियाका धेरै देशहरूमा सुरुङमार्गको चमत्कारिक प्रगति भएको छ । सँगसँगै नेपालमा पनि सुरुङमार्ग छिचोलिने क्रम बढ्दै छ । गत वैशाखमा नागढुंगा–काठमाडौं सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको थियो । त्यसपछि पनि केही जलविद्युत् सहितका सुरुङ ‘ब्रेक थु्र’ भएका छन् ।
सोमबार फेरि अर्को सुरुङको ‘बे्रक थु्र’ भएको छ । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्रयाक) मा पर्ने धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थु्र’ भएको हो । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थु्र’ भएको थियो । जसको दूरी १.६५ किमी छ । यही सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमी दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थु्र’ भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर ‘ब्रेक थु्र’ गर्नुभएको हो । महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने दुईवटा सुरुङ खनिँदै छ । काठमाडौंबाट निजगढततर्फ आउने सुरुङ तीन हजार ३८६ मिटरमध्ये दुई हजार २८८ मिटर खनिसकिएको छ । त्यस्तै, निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको तीन हजार ३२२ मिटरमध्ये दुई हजार २९ मिटर खनिसकिएको छ ।
फास्ट ट्र्याकको कुल दूरी ७०.९७७ किमी हो, जसमध्ये ६४.४७ किमीको मात्र ठेक्का भएको छ । खोकना खण्डको ६.५ किमी खण्डमा ठेक्का हुन सकेको छैन । सेनाका अनुसार कुल सडकमध्ये १०.३० किमी सुरुङ र १२.८८ किमी पुलको दूरी पर्छ । ६ सुरुङमध्ये तीन वटाको ठेक्का भएर काम भइरहेको छ । पछि थप भएका तीन सुरुङ डिजाइनका क्रममा छन् । निजगढबाट काठमाडौंतर्फ ३.३२ किमी रहेको महादेवटार सुरुङ २.०२९ किमी खनिसकिएको छ ।
काठमाडौंबाट निजगढतर्फ निस्किने सुरुङ ३.३८६ किमीमध्ये २.२८८ किमी खनिसकिएको छ । यो सुरुङ खन्ने काम चालु आर्थिक वर्षभित्र सकिने दाबी सेनाको छ । २०७४ वैशाख २१ मा मन्त्रिपरिषद् निर्णयबाट यसको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई दिइएको हो । अहिलेसम्म भौतिक प्रगति ३५.३८ प्रतिशत छ ।
खोकनामा राजनीति भएको छ : प्रधानसेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई–मधेश दु्रतमार्गको प्रस्थान बिन्दु खोकनामा राजनीति भएको गुनासो गर्नुभएको छ । द्रुत मार्गअन्तर्गत पर्ने मकवानपुरको धेद्रे सुरुङ मार्गको ‘ब्रेक थु्र’मा आयोजित कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले राजनीतिले गर्दा नै भएको समस्या भएको बताउनुभयो । सेनाले राजनीति नगरे पनि बुझ्ने गरेका उहाँको टिप्पणी थियो । ‘काठमाडौं–तराई–मधेश दु्रतमार्गको प्रस्थान बिन्दु खोकनामा राजनीति भएको छ ।
राजनीतिले गर्दा भएको समस्या राजनीतिले नै सपार्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी (सेना) राजनीति नगरे नि राजनीति बुझ्छौँ ।’ खोकनामा जग्गा विवाद सुल्झिन सकेको छैन । उक्त क्षेत्रमा द्रुतमार्गको ६.५ किमी सडक पर्छ । काठमाडौं–तराई–मधेश दु्रतमार्ग आयोजना २०८३ सम्म सक्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
खोकनामा राजनीतिसँगै अरू चिज पनि मिसिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले खोकनाको जग्गामा राजनीति मात्रै नभई अरू नै चिज पनि मिसिएको दाबी गर्नुभएको छ । काठमाडौं–तराई दु्रतमार्ग अन्तर्गतको धेद्रे सुरुङमार्गको सोमबार ‘ब्रेक थु्र’ पछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोकनाको जग्गामा राजनीति मात्र नभई अरू नै चिज पनि मिसिएको दाबी गर्नुभएको हो ।
‘खोकनाको जमिनमा पोलिटिक्स मात्रै होइन, अरू पनि के–के चिज मिसिएको छ, हामी बुझिरहेका छौँ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले काठमाडौं–तराई दु्रतमार्गमा आउने समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढंगले लामा सुरुङ निर्माणमा ‘ब्रेक थु्र’ एउटा महत्वपूर्ण कार्य भएको बताउनुभयो । नेपाल सुरुङसँगै नयाँ युगमा प्रवेश गरेकाले अब विकास निर्माणको गति नरोकिने उहाँले बताउनुभयो । ‘विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्याे, त्यो भएन, अब विकासको नमुना यो दु्रुतमार्ग हुनेछ,’ उहाँले भन्नुभयो । नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दु्रत मार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताउनुभयो ।
बुटवल–नारायणगढ सडक निर्माण ठप्प
बुटवल–नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु गरेको छैन । ११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौताअनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रोपटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले लिएको हो । फेरि म्याद थप हुँदा पनि काम सुरु नभएपछि आयोजनाका जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधिएको छ ।
नारायणगढ सडक आयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इञ्जिनियर आशीष थापालाई गत शुक्रबार स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गमा कहीँ कतै काम गरेको नदेखिएपछि बुटवल–नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैँडाकोटमा छड्के जाँचमा जाँदा कार्यालयमा पालेबोहक कोही भेटिएका थिइनन् ।
पोखरेलले कार्यालय प्रमुख, इञ्जिनियरलगायत कर्मचारी नबसेर कार्यालय नै रित्तो बनाएकोले स्पष्टीकरण सोधिएको बताउनुभयो । राजमार्गमा जताततै ठूलाठूला खाल्डा परेका छन् । सडक पानी पर्दा हिलैहिलो र घाम लाग्दा धुलैधुलो हुन्छ । एक दिन पानी परेन भने राजमार्ग धुलोले हिँडनै नसकिने हुन्छ । खासगरी देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका भित्रको सडक क्षेत्रको दुर्दशा छ । दाउन्नेदेखि पूर्व चोरमारासम्मको क्षेत्रमा हिँड्नै नसकिने अवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच