एलबी मगर
रोल्पा । समाजमा हुने विभिन्न खाले घरेलु तथा लैङ्गिक हिंसा रोक्नका लागि व्यापक रूपमा सामाजिक शसक्तीकरणका कार्यक्रमहरु अगाडि बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
सोमबार रोल्पाको रुन्टिगढि गाउँपालिकाले रोल्पाको होलेरिमा आयोजना गरेको समाजमा हुने समसामयिक अपराधका घटना न्यूनीकरणका लागि सामाजिक शसक्तीकरण कार्यक्रमका सहभागीहरुले उक्त धारणा राख्नुभएको हो ।
पछिल्लो समय पालिकाका विभिन्न स्थानमा विभिन्न खाले घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु बढ्न थाले संगै उक्त किसिमका घटनाहरु न्यूनीकरण गर्नका पालिका स्तरमा उक्त कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनुभयाे ।
अध्यक्ष पुनका अनुसार समाजमा ब्याप्त रहेको घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु रोक्नका गाउँगाउँमा बस्ने आम महिलाहरुलाई शसक्त, जागरुक , सबल र सक्षम नबनाउदासम्म हिंसाका घटनाहरु न्यूनीकरण गर्न नसकिने बताउनुभयाे । उनले पालिकाको नीति तथा कार्यक्रम अनुसार पालिकालाई खुसी र समृद्ध पालिका बनाउन कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमलाई पालिकाले अभियानकै रूपमा अगाडि बढाउने र निरन्तरता दिने समेत उहाँकाे भनाइ छ ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष सरिता केसीले पालिका भित्रका सम्पुर्ण महिलाहरुको चेतनाको स्तरलाई माथिउठाउन सबल र सक्षम महिला बनाउन पाकिकाले चेतना मुलुक तथा कानुनी ज्ञान सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनु भयाे ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहिले घरेलु तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि प्रहरीको भूमिका , कानुनी उपचार तथा नागरिकको सहयोगका बारेमा जानकारी मुलक प्रस्तुति पत्र प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रतिनिधि डिल्ली केसि, आरआर एन रोल्पाका पोषण सुधार परियोजनाका फिल्ड अधिकृत चादनी लाम्गाते, रेडक्रस उप शाखा होलेरिका सभापति लक्षीराम थापा लगायतले आआफ्नो प्रस्तुति पत्र प्रस्तुत गर्नु भएको थियो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिजीवी सेजवालको स्वागत मन्तव्य तथा पालिकाका रोजगार शाखाका संयोजक सुबास चन्दले सहजीकरण गर्नु भएको कार्यक्रममा पालिका भित्रका वडा अध्यक्ष, गाउँ टोलमा बस्ने आमा समुहका अध्यक्ष , महिला स्वयंसेविका , अगुवा महिला तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच