समय कति बलवान् रहेछ अहिले अष्ट्रेलिया देश प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालका सबै परिवारसँग जेलिएको छ । नेपाली विद्यार्थीहरू नागरिकता तथा स्थायी बासिन्दाको रूपमा अष्ट्रेलियामा बस्न थालेपछि अष्ट्रेलियासँग नेपालको साइनो जेलियो । अष्ट्रेलियामा स्थायी बसोवास गर्नेहरूले हाम्रा पूर्वजहरू नेपालबाट आएका हुन् भन्ने सम्झना र नेपालमा रहने तिनका आफन्तहरूमा हाम्रा बन्धुबान्धवहरू अष्ट्रेलियामा स्थायी बसोवास गर्छन् भन्ने विषयले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध चिरस्थायी बन्यो । त्यस्तै सम्बन्ध हाम्रो बर्मासँग पनि छ । बर्मेली नेपालीहरू नेपाललाई पितृदेशको रूपमा अन्तरमनबाट सम्झन्छन् भने यता नेपालमा बस्ने बन्धुहरूले पनि हाम्रा बन्धुहरू बर्मामा स्थायी बसोवास गर्छन् भन्ने सम्झना सबैसँग कैद छ ।
अष्ट्रेलियासँगको नेपालीको सम्बन्ध दिगो र स्थायी भएकाले दुई देशबीच विकसित सम्बन्धको गहिराइ र उचाइले नयाँ आयाम लिएको छ । अष्ट्रेलियाले यो अन्तरंग सम्बन्धलाई व्यवहारबाट बुझ्नुपर्छ । अष्ट्रेलियाको विकासमा नेपाली जनशक्तिले खेलेको भूमिकाको आधारमा अष्ट्रेलियाबाट नेपालले यथेष्ट सहयोग लिने हक छ । संसारका देशहरूमध्ये अष्ट्रेलिया नेपालीहरूसँग विशेष अन्तरसम्बन्ध भएको मुलुक हो । अष्ट्रेलिया संसारको छैटौं ठूलो देश र विकसित अर्थतन्त्र पनि हो । यसका विभिन्न भागमा मौसम र हावापानीको यथेष्ट विविधता पाइन्छ । हावापानीको र मौसमको विविधताका दृष्टिकोणले भिक्टोरिया अष्ट्रेलियाका अन्य राज्यभन्दा फरक रहेछ । भिक्टोरियाको बसाइँको क्रममा हाम्रोभन्दा नितान्त भिन्न मौसम, हावापानी, जनजीवर्न जस्ता विषयलाई हुबहु सार्वजनिक गर्ने कर्तव्य निर्वाहकै सन्दर्भमा यो आलेख जन्मियो ।
नेपालमा जाडो महिना पुस र माघ हुन्, वर्षाको मुख्य महिना साउन र भदौ हुन् भने हावाहुरीको मुख्य महिना भनेको चैत र वैशाख हुन् । तर, अष्ट्रेलियामा जुन र जुलाई नै यस्ता महिनाहरू रहेछन् जहाँ, मुख्य वर्षा, मुख्य जाडो र मुख्य हावाहुरीको समय पर्छ ।
आज सन् २०२४ को जुलाई महिनाको २७ गते शनिबार हो । आज विशेष जाडो लाग्यो । आजमात्रै होइन गत जुन महिनादेखि नै यहाँ जाडो महिना सुरुवात भएको छ । हुन त गर्मी भनेर चिनिने फेब्रुवरी महिनामा पनि दिउँसो उग्र घाम तर बिहानबेलुका विनाजाकेट हिँड्न सकिँदैन्थ्यो । जाडो महिनामै यहाँ मुख्य वर्षाको ऋतु पर्छ । हाम्रो सन्दर्भमा अनौठो हो । हामी कहाँ पनि छिटपुट हिउँदे वर्षा हुन्छ तर यहाँ त मुख्य वर्षासाथै जाडो अनि हुरीबतासको समय एकैपटक हुन्छ । जाडोको मौसममा चिसो हावाको झोक्का र वर्षातसमेत सँगसँगै हुँदा मौसमले जनजीवन प्रभावित हुन्छ । जाडो, वर्षा र हावाहुरीको प्रभावबाट एकसाथ प्रभावित हुँदा नेपाल सम्झन्छु ।
नेपालमा जाडो महिना पुस र माघ हुन्, वर्षाको मुख्य महिना साउन र भदौ हुन् भने हावाहुरीको मुख्य महिना भनेको चैत र वैशाख हुन् । तर, अष्ट्रेलियामा जुन र जुलाई नै यस्ता महिनाहरू रहेछन् जहाँ, मुख्य वर्षा, मुख्य जाडो र मुख्य हावाहुरीको समय पर्छ । हावा पनि चालीस÷पचास किलोमिटर प्रतिघण्टाका दरले चल्छ । चिसो हावाको यो गति वास्तवमा जनजीवनका लागि कति प्रतिकूल होला ? नेपालका तीन फरक–फरक मौसम एकै ठाउँमा एकीकृत हुँदा यसको प्रभाव कति कष्टकर होला त्यो भिक्टोरिया नबस्नेहरूले पत्याउन र मौसमको प्रतिकूलताको अनुभूतिसम्म गर्न कठिन विषय हो । अनुमान गरौं जाडो मौसममा हुने वर्षाले कति उग्र जाडो होला ? अनुभव विना अनुभूति गर्न सकिँदैन ।
वर्षा केही बेर दर्कने र एकछिनपछि बिदो हुने गर्दैन । वर्षा भनेको नेपालको सिमसिमे पानी हो । पानी पर्दा लगातार रातदिन एकनास पर्ने, हावाहुरी र बतास पनि चल्न थालेपछि दिनरात एकनास चल्ने अवस्था सुन्न, पढ्न जस्तो सजिलो यसलाई भोग्न हँुदैन । तर, यहाँको मौसम पूर्वानुमान भने सधैं सत्य हुन्छ । मौसमको भविष्यवाणी अनुसार यहाँका नागरिकहरूले आफ्नो जीवनलाई व्यवस्थित गरेका छन् । कतिपय कुराहरू भोग्दै गर्दा अभ्यस्त हुने विषयले पनि प्रतिकूलतालाई पनि मानिसले अनुकूलतामा रूपान्तरण गर्ने क्षमतालाई फेरि कदर गर्नु नै पर्छ । कुन दिन पानी पर्छ ? कत्रो पर्छ ? कति समयसम्म पर्छ ? घाम कतिबेलादेखि कतिबेलासम्म कति चर्को लाग्छ जस्ता विषयको पूर्णजानकारी मौसम पूर्वानुमान गर्ने निकायले नियमित गर्ने र त्यसलाई सार्वजनिक गर्ने निकायहरू पनि त्यत्तिकै सक्रिय भएको हुनाले मौसमको विषयमा सबै जानकार हुन्छन् ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पशुपालनको व्यवसाय पनि कम छैन । पशुपालन अष्ट्रेलियाको अर्थतन्त्रको मेरुदण्ड हो भन्दा फरक पर्दैन । यहाँको विशाल भूगोल, वनस्पतिले मौसम प्रतिकूल हुँदाहँुदै पनि पशुपालन भने फष्टाएको छ ।
खासगरी जुन र जुलाई महिना भनेको नेपालको पुस–माघ महिना जस्तै जाडो हुन्छ । बिहान उठ्दा बाक्लो हुस्सु, चिसो, वर्षा र हावाहुरी एकैसाथ अनुभव सायद संसारका बिरलै ठाउँमा गर्न पाइन्छ, जुन अनुभव अष्ट्रेलियाको खासगरी भिक्टोरिया राज्यमा गर्न पाइन्छ । यहाँ बिहान उठ्दा सडक र चहुरमा बाक्लो चिनी छरिएको जस्तो हुन्छ । हामीकहाँ तुषारो परेजस्तै भिक्टोरियाका सडक छेउका चउरहरूमा अत्यन्तै बाक्लो चिनी छरिएको देख्न पाइन्छ । जाडोको समयमा बिहान धेरैजस्तो तापक्रम माइनसमा पनि झर्छ । यसको अर्थ यी दुई महिना जाडो धेरै हुन्छ । यी दुई महिना जाडोमात्रै होइन हाम्रो फागुन चैत जस्तै हवाहुरीको बिगबिगी हुने रहेछ ।
पुस–माघ जस्तो जाडोमा चिसो हावा ४०/५० किलोमिटर प्रतिघण्टाको दरले चल्छभन्दा अब जाडो कति चर्को होला अनुमान गर्न सकिन्छ । पुस–माघ जस्तो चर्को जाडो, फागुन र चैतमा आउने जस्तै चर्को तर चिसो हुरीबतास र साउन भदौमा वर्षने मेघ वर्षन्छ । हाम्रो तीन मौसम एकै ठाउँमा गाभिदा यहाँको जीवन कति कष्टकर होला ? हामीकहाँ छ महिनाको फरक–फरक मौसम यो दुई महिनामा एकै ठाउँमा जम्मा हुँदा पनि जनजीवन कत्ति पनि अस्तव्यस्त छैन । यो सम्भव बनाउने काम अष्ट्रेलियामा भएको विकास र वितरित सुविधाले हो । यस्तो प्रतिकूल मौसमलाई अष्ट्रेलियाको विकासले व्यवस्थित गरेको छ । यहाँका घर, सडक, कारलगायतमा यातायातका साधनको सहयोगमा यसलाई व्यवस्थित गर्ने मुख्य भूमिका यहाँको विकासको हो ।
वर्षा, जाडो र हावारहुरीलाई सवारीसाधनले व्यवस्थित बनाएका छन् । लुगा कपडाहरू जतिसुकै जाडोलाई पनि थेग्नसक्ने व्यवस्था बजारले गरेको छ । खासगरी अष्ट्रेलियनमूलका गोरा बासिन्दाहरूका बच्चाबच्चीहरू एकदमै पातलो कपडामा हिँड्छन् भने तिनका अभिभावकहरू माथि जकेट वा अन्य बाक्ला कपडा लगाए पनि यो उग्र ठण्डीमा पनि हाफ पाइन्टमा हिँड्छन् । अझ हाम्रो सन्दर्भमा अनौठो के छ भने नवजात शिशुहरूलाई यस्तो जाडोमा टाउको नांगो राख्छन् । टोपी लगाउँदैनन् । बच्चालाई टाउकोमा टोपी र शरीरमा तेल लगाउन कानुनतः प्रतिबन्धित छ । अझ भन्नुपर्दा साना बच्चाहरूलाई प्रायः बेलुकी नुहाउने दैनिकी नै हुन्छ भन्छन् । जीवलाई जस्तो वातावरणमा हुर्काउने काम हुन्छ त्यसअनुसार शरीरले थेग्न सक्छ भन्ने उदाहरणलाई व्यवहारमा अनुवाद गरेको हेर्ने थलो पनि हो अष्ट्रेलिया अझ विशेष गरेर अष्ट्रेलियाको भिक्टोरिया राज्य ।
अष्ट्रेलियामा बसोवास गर्ने आप्रवासीहरूका अभिभावकको आगमन संख्या हालका वर्षमा बढ्दो छ । अभिभावसँग सवारीसाधन साथमा नहँुदा उनीहरू एक प्रकारले सुविधाजनक कारागारको अनुभव गर्न पाउने थलो पनि हो अष्ट्रेलिया । खान मीठो दिँदैमा पिँजडाको सुगा पिँजडाभित्र सुखी र खुशी नभए जस्तै नेपालमा आफैंले सवारी चलाउने अभिभावकका लागि घरमा बस्ने र घरको सेरोफेरोमा हिँडेर दिन काट्नुपर्ने अवस्थामा धेरैजसो अभिभावकले यो बसाइलाई सुविधजनक कारागारको संज्ञा पनि दिन्छन् । अहिले त पचासौं लाख अष्ट्रेलिया सरकारलाई बुझाएर स्थायी आवासीय सुविधा लिनेहरूको संख्या पनि बढ्दैछ । यसरी स्थायी आवासीय भिसा लिने भारतीयहरूले मजाकमा आफूलाई उमरकैदवाला पनि भन्छन् । आखिर नेपाली अभिभावकले पनि स्थायी बस्ने अनुमति लिनुभनेको जीवनभर अनागरिक हुने घोषणा हो । त्यसैले छिटपुट रूपमा भेटिने स्थायी आवासीय भिजामा रहेका नेपालीहरू पनि स्वायी बसोवास अनुमति पाएपछि दिग्दार भएको अनुभूति गर्छन् ।
छोराछोरीको आश्रयमा बस्न बाध्य अभिभावक आफ्ना खुशीले घुम्ने र डुल्ने अनुकूल परिस्थिति छैन र हँुदैन । स्वतन्त्रतालाई अपहरण गरेर मीठो र राम्रो लगाउन दिँदैमा मानिस खुशी हुँदैन । केही हदमा अष्ट्रेलियाले नेपाली अभिभावकहरूको खुशी र स्वतन्त्रतालाई अपहरण गरेका छन् । पढेलेखेका अभिभावकलाई पनि अष्ट्रेलिया सजिलो छैन भने नेपालबाट अनपढ खासगरी अंग्रेजी पढ्न र लेख्न नजान्नेहरूका लागि भने यसलाई मीठो खान पाउने कारगारको संज्ञा दिँदा पनि अत्युक्ति हुँदैन । विशेष गरेर भारतीय मूलका अभिभावकले अष्ट्रेलियाको बसाइँलाई उनीहरूकै भाषामा मिठी जेल अत्यन्तै प्रचलित शब्द रहेछ । छोराछोरीहरूको छुट्टीको समयमा यदाकदा घुम्न निस्कने समयबाहेक घरमा लगातार बस्नुपर्ने बाध्यतालाई अधिकांश अभिभावकले कष्टकर दिनको रूपमा व्याख्या गरेको सुन्न पाइन्छ ।
यो कोणबाट अध्ययन र अनुसन्धान गर्दा भने अभिभावकको दिनचर्या दयनीय हुने विषय स्वाभाविकै भन्नुपर्छ । भारतीय अभिभावक र हाम्रा अभिभावकको व्यक्तिगत सवारीसाधनमा पहुँच नहुँदा उनीहरूको दिनचर्या कष्टकर हुनु स्वाभाविकै भन्नुपर्छ । यसरी अभिभावकहरू जाडो, हावाहुरी र वर्षासमेत एकै पटक हुँदा उनीहरूको दैनिकमा नकारात्मक प्रभाव पर्ने विषय स्वाभाविकै हो । चढ्दो उमेरमा स्वास्थ्य प्रतिकूल हुने विषय स्वाभाविक हुन्छ । धेरै जस्तो अभिभावकहरूको स्वास्थ बीमा नभएको पनि बुझियो । स्वास्थ बीमा नहुने अभिभावक बिरामी भए भने उपचारको प्रबन्ध धेरै कठिनमात्रै होइन असम्भव नै हुन्छ । बीमालाई बेवास्ता गर्नेहरू अभिभावकहरू बिरामी हुन्छन् कि भन्ने स्थायी चिन्तामा हुन्छन् । सधैं बस्नेहरूका लागि बीमाको प्रबन्ध हुन्छ । लुगा, खानपिन र हिँडडुुलका लागि सहज व्यवस्था हुन्छ तर केही समय बस्नेहरूका लागि त्यस्तो सुविधा नजुट्न सक्छ । प्रतिकूल मौसमका कारण भिक्टोरियामा आउने अभिभावक सुखी नै रहन्छन् भनेर ठोकुवा गर्न सकिँदैन । एकै मैसममा जाडो, हावाहुरी र वर्षा हुने सम्भवतः अष्ट्रेलियाको भिक्टोरिया विश्वकै अनौठो मौसम र सामान्यतः कष्टकर हावापानी भएको ठाउँ हो भन्दा फरक नपर्ला ।
महŒवपूर्ण विषय के हो भने अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पशुपालनको व्यवसाय पनि कम छैन । पशुपालन अष्ट्रेलियाको अर्थतन्त्रको मेरुदण्ड हो भन्दा फरक पर्दैन । यहाँको विशाल भूगोल, वनस्पतिले मौसम प्रतिकूल हुँदाहँुदै पशुपालन भने फष्टाएको छ । यहाँ भेडा, बाख्रा, गाई, घोडा आदि पशु पालिन्छ । म आफैंले भैंसी फर्म त देखेको छैन । भारतीयहरूका भैंसी पालन फार्म पनि छन् भन्छन् जानकार । अर्को अनौठो विषय के हो भने यस्तो प्रतिकूल मौसममा पनि यहाँ पालिएका पशुधनका लागि अपवादबाहेक गोठ वा ओत हँुदैन । धाम, पानी, झरी, बादल, हावाहुरीमा ओतको व्यवस्था गर्ने चलन नै छैन । न तिनीहरूलाई दाम्लाले बाँध्ने व्यवस्था छ । न गोठालाहरूको व्यवस्था नै छ । अष्ट्रेलियामा धेरैको पेशा पशुपालन हो ।
गोठालाको काम कतै–कतै त कुकुरले र धेरैजसो तारबारले गरेको देखिन्छ । पशुधनलाई प्रकृतिको जिम्मा लगाउने प्रचलनका कारण यस्तो जाडो, वर्षात, हावाहुरी, अझ कहिलेकाहिँ सामुद्रिक आँधीको प्रभावका अतिरिक्त हिउँसमेत आक्कलझुक्कल झेल्नुपर्ने अवस्थाका बीच विनाओत पशुधनलाई पाल्नेमात्रै काम भएको छैन ती पशुधनबाट व्यक्ति, परिवार, समाज, राज्यमात्रै होइन विश्व नै लाभान्वित भएको छ । अझ पशुधनलाई वातानुकूलित अवस्थामा पाल्ने र घामपानी छेक्ने गोठसम्मको व्यवस्था भएको भए अष्ट्रेलियाले पशुधनबाट कति लाभ लिने थियो ? यो अहिलेको सन्दर्भमा कल्पना भए पनि भोलिको सन्दर्भमा व्यवहारमा ल्याउने अवस्था बन्यो भने पशुधनले अर्थतन्त्रलाई कति सहयोग गर्ला त्यो अहिले अनुमानसम्म गर्न कठिन छ ।
(अष्ट्रेलियाको भिक्टोरियाको मेलबर्नस्थित ओलर्टबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच