काठमाडौं । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन् ।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५ः१५ बजेदेखि शुरु हुने छ । यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ । त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर