काठमाडौं । सोमबार रातिदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । लगातारकाे वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।
विमानस्थलमा प्रवक्ता सुवास झाका अनुसार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत गरिएको छ ।
कम भिजिबिलिटी (भिएफआर) उडान तालिका रहेका जहाजको उडान पनि प्रभावित भएको छ । जहाज उडान तथा अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच