प्रभावकारी बन्दै नेपाली सेनाको सर्पदंश उपचार केन्द्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । गर्मी मौसममा तराईमा सर्पको बिगबिगि नै हुने गर्दछ । पुर्वी नवलपरासीको त्रिबेणीमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रले बिगत लामो समयदेखि प्रभावकारी सेवा दिदै आईरहेको छ । सर्पको डसाईबाट समयमै यस केन्द्रमा पुगेका कयौं बिरामीहरु सन्चो भएर फर्किएका छ्न् ।

पुर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिका वडा नम्बर ६ मा नेपाली सेनाको गोरखदल गण भित्र यो सर्पदंश उपचार केन्द्र रहेको छ । यो क्षेत्रकै भरपर्दो र बिश्वासिलो उपचार केन्द्रको रुपमा यो उपचार केन्द्र रहेको छ । नेपाली मात्रै होईन सर्पले टोकेका भारतीयहरु पनि यहाँ आएर उपचार पछि फर्कने गरेका छन् । ६ शैयाको उपचार केद्रमा नेपाली सेनाका तालिम प्राप्त तीन जनाको दक्ष प्राविधिक जनशक्ति चौबीसै घण्टा उपचारमा खटिन्छन । बिरामीमा देखिने प्रभाव र लक्षणका आधारमा आवश्यक एन्टिभेनम प्रदान गरिने उनिहरुको भनाई छ । दैनिक ३/४ जना सर्पले टोकेका बिरामीहरु आउने गरेको उनीहरुको भनाई छ ।

पश्चिम् नवलपरासीको सुस्ता, प्रतापपुर गाउँपालिका, बर्दघाट नगरपालिकाबाट सर्पले टोकेका बिरामीहरु सेनाको उपचार केन्द्रमा पुग्ने गर्दछन् । भारतिय सिमा संग जोडिएको हुनाले यो उपचार केन्द्र भारतियहरुकोसमेत बिश्वासिलो उपचार केन्द्र हो । गत बर्ष सेनाको यस उपचार केन्द्रबाट ४ सय ८५ जनाले उपचार सेवा लिएका छन् । जसमध्ये ३ सय ४९ नेपाली र १ सय ३६ जना भारतिय रहेका छन् । उपचार केन्द्र सैनिक ब्यारेकसँगै सञ्चालनमा रहेकाले बिरामीले सहज र सुरक्षित महसुस गर्दै आएका छन् ।

ब्यारेकमा सर्पदंश उपचार सेवा २०४२/४३ साल तिर सुरु भएको बिनयीत्रिबेणी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नुरेन्द्र शाहले बताउनु भयो । उपचार केन्द्रमा आवश्यक पर्ने औषधि गण्डकी प्रदेश सरकारले उपलब्ध गराउदै आएको अध्यक्ष शाहले जानकारी दिनुभयो । सामान्य टिनले छाएको भवनबाट सेवा प्रदान गरिदै आईएको छ ।

ब्यवस्थित भवन निर्माणका लागि केही समय अघि कुरा उठेको गणका प्रमुख जमदार यम बहादुर बुढा क्षेत्रीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?