भोजपुर । भोजपुरमा प्रहरीले गाँजा नष्ट अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयले मातहतका युनिटहरुसँगको समन्वयमा गाँजा फडानी अभियान सुरु गरेको हो ।
प्रहरीले जिल्लाको बिभिन्न क्षेत्रहरुमा अवैधरुपमा रोपिएको गाँजाका बेर्नाहरु फडानी गरेकोजिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ९ स्थित पाखोबारीहरुमा अन्दाजी २ रोपनी क्षेत्रफल जग्गामा रोपिएको छ हजार अवैध गाँजाको बेर्नाहरु पूर्णरुपमा नष्ट गरेको छ ।
यस्तै जिल्ला दक्षिणमै रहेको आमचोक गाउँपालिका वडा नम्वर २ लंखा स्थित पाखोबारीहरुमा आठ रोपनी क्षेत्रफल जग्गामा रोपिएको एक हजार तीन सय अवैध गाँजाको बेर्नाहरु पनि प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यायल भोजपुरका अनुसार हतुवागढी गाउँपालिका वडा नँम्वर ८ विद्यापोखरी स्थित पाखोबारीहरुमा करिव ७ रोपनी क्षेत्रफल जग्गामा रोपिएको पाँच सय अवैध गाँजाको बेर्नाहरु पनि जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फडानी गरी पुर्ण रुपमा नष्ट गरेको छ ।
अवैधरुपमा गरिदै आएको गाँजा खेती नष्टको अभियान जिल्ला तहमा जारी रहने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच