काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी हुनुभएको छ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवार बसेको बैठकमा पहिलो पटक उहाँ सहभागी हुनुभएको हो ।
बैठक दुई बजे बोलाइएको भएपनि प्रधानमन्त्री ओली करिव पौने ३ बजे समितिको बैठकमा पुग्नुभएको छ ।
बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धि समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच