काठमाडौं । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपाल र इरानबीचको खेल सुरु भएको छ ।
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी छ ।
यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ । भारतले उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग बुधबार फाइनल खेल्नेछ।
यसअघि आजै भएको सेमिफाइनल खेलको पहिलो खेल भारत र श्रीलंकाबीच भएको थियो । उक्त खेल भारतले जितेको थियो । श्रीलंकालाई ३:० को सेटमा पराजित गर्दै भारत काभा वुमन्स नेसन्स भलिबल लिग भलिबलको फाइनलमा प्रवेश गरेको हो।
प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच