बागलुङ । बागलुङको बडिगाड गाउँपालिका ९ र १० मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । मृतक ८ जनाकै सनाखत भएको सहकाय प्रमुख जिल्ला अधिकारी चित्राङ्त बरालले जानकारी दिनुभयो ।
बरालका अनुसार बडिगाड गाउँपालिका–१० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भीर घाइते भएको उहाँको भनाई छ ।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका–१० का ७ वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु विकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि विकको मृत्यु भएको छ ।
पहिरोमा परी वर्ष ४६ का संगीता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भीर घाइते हुनुभएको छ । पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरेको छ ।
यस्तै बडिगाड गाउँपालिका–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिड्दै गर्दा पहिरोले पुरेको थियो । गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिनुभयो ।
पहिरोमा परि गम्भीर गाइते भएकाको उद्दार गरि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ लैजाने भने पनि मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न सकेको छैन । काठमाडौँबाट घाइते लिन आएको हेलिकप्टर बागलुङ बजारमा ल्याण्डिङ भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच