खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कट्वाल अमेरिका गएपछि वडाको काम ठप्प भएको छ ।
वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका बसेपछि वडाबाट हुने सम्पूर्ण कामकाज ठप्प भएको हो ।
छ महिना बित्दा पनि वडाध्यक्ष कट्वाल वडामा नफर्केपछि सोमबार वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा समस्या समाधान गर्न समिति गठन गरेको छ । उक्त समितिले वडाध्यक्ष कट्वाललाई १५ दिनभित्र आएर जनताको काम गर्न अल्टिमेटम दिएको छ ।
वडाध्यक्ष कट्वाल नहुँदा वडाका जनतालाई दिईने सम्पूर्ण सेवा सुविधा, विकास निर्माण लगायत सम्पूर्ण कार्यमा अवरोध भएकाले तत्काल फर्केर सेवा सुचारु गर्न अल्टिमेटम तोकिएको पूर्व वडाध्यक्ष भट्टराईले बताउनुभयो । ‘तोकिएको समयमा वडाध्यक्ष नआएमा दोश्रो चरणको विरोध कार्यक्रम अगाडी बढाईने छ। वडाध्यक्ष कट्वालको वारेमा निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिमा निकासका लागि अनुरोध पनि गर्छौ ।’ संयोजक भट्टराईले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको विरोधमा सोही पार्टीका नेता कार्यकर्ता सहभागी छन् । वडाध्यक्ष कटवाल वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १९ गते कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका जानुभएकाे थियाे । नागरिकता लिन प्रशासन पुगेका सेवाग्राहीलाई प्रशासनले अवधि नतोकिएका कार्यवाहक वडाध्यक्षले दिएको सिफारिश मान्य नहुने भन्दै फर्काइदिएको थियो । त्यसपछि वडाध्यक्ष कटवालले वडा सदस्य खड्कालाई अवधि तोकेर पुनः बैशाख २६ गतेदेखि साउन ३० गतेसम्मको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिनुभएकाे थियाे ।
सो अवधि सकिएपछि भने वडा सदस्य खड्का कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी लिन अस्वीकार गर्दै गाउँपालिका पुग्नुभएकाे थियाे । तर, खड्कालाई कार्यपालिकाबाटै निर्णय गरेर साउन १८ गतेदेखि साउन ३२ गतेसम्मका लागि कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिईएको छ । वडाध्यक्ष कट्वालले दशैंमा घर फर्कने जवाफ दिएको कार्यबाहक वडाध्यक्ष खड्काले बताउनु भयाे ।
वडाध्यक्ष कटवाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बस्नुभएकाे थिाये । त्यसबेला चार वडा सदस्यलाई १५/१५ दिनको कार्यबाहकको जिम्मेवारी दिनुभएकाे थियाे। श्रोतका अनुसार वडाध्यक्ष कटवालले दशैंमा फर्कने बताए पनि उहाँ अमेरिकामै बस्न पिआरको प्रक्रियामा रहेको बुझिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच