सुडानमा भारी वर्षा र बाढीका कारण ११ को मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । सुडानमा भारी वर्षा र बाढीका कारण ११ जनाको मृत्यु भएको छ । भारी वर्षा र बाढीले उत्तरी सुडानको नील राज्यको अबु हमाद शहरमा ठूलो क्षति पुर्‍याएको हो ।

शहरका झन्डै ७० प्रतिशत घरहरू ध्वस्त पारेको छ र कम्तिमा ११ जनाको मृत्यु भएको छ । अबु हमाद, सुडानको राजधानी खार्तूमबाट लगभग छघड किलोमिटर उत्तरमा, सुडानको सबैभन्दा ठूलो सुन अन्वेषण क्षेत्रहरू मध्ये एक हो ।

सुन अन्वेषण कार्यका कारण यो ठूलो आर्थिक केन्द्र बनेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?