अनलाइनमार्फत् ठगी गर्ने ९ जना भारतीय हेटाैंडाबाट पक्राउ

मन्जिता मैनाली मकवानपुर, संवाददाता

हेटौंडा । फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी देखाई अनलाईन मार्फत ठगिको कारोवार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा -४ पारिजातपथ स्थित प्रमोद वाग्लेको घरको पाचौ तल्लामा फ्ल्याट भाडामा लिई संचालन गर्दै आएको सूचनाका आधारमा ति व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थानसहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सिताराम रिजालले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयाे।

पक्राउ पर्नेमा भारतीय नागरिकहरु २८ वर्षीय नवनीत कुमार,२७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार, २६ वर्षीय आशिष कब्डौला, ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेश कुमार दवे, २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।

रिजालकाअनुसार, हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा देश भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने सम्भु सिंहको नाती चन्द्रपाल सिंहको छोरा द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी हेटौंडा - ४ पारिजात पथ स्थित प्रमोद वाग्लेको घरमा फ्ल्याट भाडामा लिई संचालन गर्दै आएको हो ।

उक्त कम्पनी आन्तरिक राजश्व कार्यालय हेटौडाबाट मेडि असिष्ट कम्पनी दर्ता गरी मानब स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापहरु सेवा प्रदान गर्ने गरी प्यानमा दर्ता गरिएको छ ।

उक्त कम्पनीमा १२ जना व्यक्तिहरु (भारतिय नागरिकहरु मात्र) कार्यरत रहेकोमा ३ जना (द्रबिन कुमार सिंह, रजत शर्मा र प्रकाश) फरार रहेको जानकारी दिइएको छ ।

कार्यरत व्यक्तिहरूले तलब बापत नगदै रकम (भारतिय रुपैया १८ देखि ५० हजार सम्म लिने गरेको तर उक्त भुक्तानीको कुनै पनि अभिलेख नभएको खुल्न आएको प्रहरी निरीक्षक सिताराम रिजालले जानकारी दिनुभयाे ।

रिजालकाअनुसार उक्त कम्पनीबाट हुने गरेको कुनै पनि काम कारबाहीको डाटा नेपालमा नराखी भारत स्थित हेड अफिसको सरभरमा राख्ने गरेको र अधिकांश रातको समयमा मात्र काम गर्ने गरिएको अनुसन्धानबाट खुल्न आएको छ । जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो सो अनुसारको कुनै पनि कार्यहरु अहिले सम्म पनि नगरिएको खुलेको छ । कम्पनीले नेपाली तथा बिभिन्न देशका व्यक्तिहरुलाई तार्गेट बनाउने गरेको छ ।

प्रहरीकाअनुसार उक्त पक्राउ परेका ९ जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?