काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
बैठकमा गत फागुनमा भएको महासमिति बैठकको निर्णयलाई अन्तिम रुप दिने, आन्तरिक संगठनलाई चुस्त बनाउने, भ्रातृ संस्थाको अधिवेशनसहितका समसामयिक विषयमा छलफल हुने भनिएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको आजको बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू मूल एजेन्डा रहेका छन् ।
महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ ।
बैठकले महासमिति बैठकबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ ।
पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच