जुम्ला । जुम्लाको तिला गाउँपालिकाको रारालिही स्वास्थ्य चौकीद्धारा स्तनपानको महत्वबारे अभिमुखिकरण गरेकाे छ ।
उक्त पालिकाको–२ मा रहेको कालिका आधारभुत विद्यालय भुगेडी लिहीका विद्यार्थी र आमाहरुलाई विश्व स्तनपान सप्ताह दिवसको अवसरमा स्तनपानको महत्वबारे अभिमुखिकरण गरेकाे हाे ।
यसको प्रयोग,स्तनपान सम्बन्धी जान्रै पर्ने कुराहरु र स्वास्थ्य शिक्षाबारे यहाँका विद्यार्थी र आमाहरुलाई अभिमुखिकरण तालिम दिएको रारालिही स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिनुभयो ।
यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना सरकारले मनाउने गरेको छ । जस अन्तर्गत रारालिही चौकीले विद्यालयका विद्यार्थी र तिला– २ का आमाहरुलाई कार्यालयमै सहभागी गराई स्तनपानको महत्व र यसको प्रयोगबारे जानकारी दिएको छ । जनस्वास्थ्य निरीक्षक रावतले भन्नुभयो,“ स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । ”
शिशुलाई छ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ । स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्नेगर्छ । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्वपूर्ण हुने गरेको जनस्वास्थ्य निरीक्षक कमल रावतले बताउनुभयो ।
कुपोषण घटाउनका लागि स्तनपानले महत्वपूर्ण भूमिका खेल्छ । आमाको दुध खुवाउँदा हुने फाइदाबारे यहाँका आमालाई स्तनपान शिक्षा दिएको घोडे स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक गणेश नेपालीको भनाइ छ । स्तनपान सम्बन्धी महत्वपूर्ण जानकारी र उचित परामर्श पाउँदा विद्यार्थीलाई थप यस विषयमा बोल्न र समाजलाई सचेत गराउन सहज गरेको कालिका आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी अन्तिम परियारले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच