काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल आज नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतसँग खेल्दै छ ।
नेपाल र भारतबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३-० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो ।
लिगचरणमा नेपालले भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । गएको शनिवार भएको लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
आजको फाइनल खेलमा भारतलाई हराउन सके नेपाली महिला भलिबल टोलीले अर्को इतिहास रच्नेछ । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो ।
नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।
इरानमाथि सोझो सेटमा जित निकालेपछि हिजो पत्रकार सम्मेलनमा उनले छिमेकी राष्ट्र भारतसँगै जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी हुन् ।
नेपालका प्रशिक्षक जगदीश भट्टले इरानभन्दा भारतसँग खेल्न सजिलो हुने भएकाले फाइनलमा अझ राम्रो खेल हुने आशा गरेका छन् ।
आज भएको खेलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो ।
इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री जाने
प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने हुनु भएको छ । फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच