काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग घुस लिएर भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सर्वेक्षक यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतीराम सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलसमेतको मिलोमतोमा उनीहरूले घुस लिएका थिए । जग्गा हालसाबिक गराउनका लागि उनीहरूले सेवाग्राहीसँग घुस लिएका थिए ।
आयोगले उनीहरूविरुद्ध ४ लाख रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच