चितवन । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहासंग जोडेर पूर्वी चितवनको आर्थिक तथा सामाजिक विकासका व्यवसायीहरु एकठाउँमा उभिएका छन् ।
केन्द्र सरकारको बेवास्थाका कारण विकासको दृष्ट्रिकोणले पछाडि परेको पूर्वी चितवनलाई पर्यटनसंग जोडेर विकास गर्ने गरी व्यवसायीहरु एकठाउँमा उभिएका हुन् ।
रत्ननगर उद्योग बाणिज्य संघको अगुवाईमा बुधबार सम्पन्न व्यवसायी संबद्ध संघसंस्थाका नेतृत्वहरुको भेलाले पर्यटन मार्फत पूर्वी चितवनको आर्थिक विकास गर्ने गरी सहमति भएको संघका अध्यक्ष शंकर गिरीले बताउनुभयो ।
व्यवसायिक सुरक्षा र विकासलाई प्राथमिकता दिँदै सौराहाको पर्यटनलाई केन्द्र बनाएर पूर्वी चितवनका ग्रामिण क्षेत्रमा पर्यटकीय सम्भावनाको खोजी तथा पर्यटन पूर्वाधार निर्माणको काम अगाडि बढाउने व्यवसायी बीच सहमती भएको उहाँले बताउनुभयो ।
मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको पूर्वी चितवनमा पर्यटकीय सम्भावनाको विकास र खोजीहुन नसक्दा पश्चिम चितवनको तुलनामा पूर्वी चितवन विकासको दृष्टिकोणले पछाडी परेको व्यवसायीहरुले निस्कर्ष निकालेका छन् । पर्यटकीय सम्भावनाको खोजी र धार्मिक पर्यटनको विकासले मात्र आर्थिक विकास हुने भन्दै व्यवसायीहरुले अर्थसंग जोडिएका विकासहरुलाई खोजीगरी समग्र पूर्वी चितवनको विकासको हिस्सा बनाउने अध्यक्ष गिरीले बताउनुभयो । पर्यटनको विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि तीनै तहको सरकारसंग सार्थक पहल गर्ने बताउनुभयो । निजी क्षेत्रको दायित्वपुरा गरी तीनै तहका सरकारको लगानीमा सडक सञ्जालसहित पर्यटकीय पूर्वाधार निर्माणलाई अगाडि बढाउने व्यवसायीहरु बीच सहमति भएको उहाँको भनाई छ ।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गरीले पूर्वी चितवनको हरेक विकासलाई पर्यटनसंग जोड्नु पर्ने बताए । राज्यको बेवास्थाका कारण मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा पुरानै अबस्थामा चलिरहेको भन्दै उनले युग सुहाउदो पर्यटन पूर्वाधार तर्फ राज्यको ध्यानजान आवश्यक रहेको बताए । भेलामा पर्यटकीय स्थलहरुको पहिचान र प्रवद्र्धन, धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन र उद्योग व्यवसायीहरुको साझा एजेण्डाको रुपमा अगाडि बढाउने विषयमा छलफल भएको छ । कार्यक्रममा स्थानीय सरकारबाट लिइएको व्यवसाय कर, व्यवसायिक पहिचान वोर्ड कर, विद्युतको समस्या, पर्यटन क्षेत्रमा देखिएका समस्याहरुलाई सामाधान गर्न व्यवसायी एकजुट भएको संघका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
पूर्वी चितवनको आर्थिक तथा सामाजिक विकासको लागि गुरुयोजना निर्माण तथा तीन तहको सरकारसंग पहल गर्न गरी पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समिति गठन गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको हो । समितिका सह संयोजकमा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, सदस्य सचिवमा उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, सदस्यहरु राप्ती उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष ओम डल्लाकोटी, रेष्टुरेण्ट एण्ड बार एसोसियसनका अध्यक्ष ध्रुव गिरी, साना पर्यटन व्यवसायी समितिका अध्यक्ष छुना रेग्मी, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद भण्डारी, उद्योग संघ खैरहनीका अध्यक्ष युवराज पाठक, उद्योग संघ राप्तीका अध्यक्ष खिलराज घिमिरे र उद्योग संघ कालिकाका अध्यक्ष अन्तोष बम्जन रहनुभएको छ । भेलामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले पूर्वी चितवनका चार पालिकाका बासिन्दाहरुले अनुभूति गर्ने गरी निजीक्षेत्रले विकासमा योगदान गर्ने बेला आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच