खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७२ जना कृषकलाई फूलको गुच्छा र सम्मान पत्र प्रदान गरेर सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा सातवटा बालीमा सूचिकृत भएका १५० जना कृषकमध्ये पाँचवटा बालीमा मापदण्ड पूरा गरेर उत्पादनमा आधारित प्रोत्साहन अनुदान रकम पाउनुहुने ७२ जना कृषकलाई सम्मान गरेको हो।
अनुदानका लागि दुई पटक आव्हान गरिएको सार्वजनिक सूचना अवधिभित्र सूचिकृत भई मापदण्ड पूरा गरेका कृषकहरुलाई मंगलबार नगरपालिकामा सम्मान कार्यक्रम राखेर सम्मान गरिएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख तेज प्रकास जैसीले बताउनु भयाे। मापदण्ड अनुसार कृषकले पाउने रकम गएको असारमै उनीहरुको खाता पठाईएको थियो ।
तोरी खेतीमा १० जना कृषकलाई प्रतिकेजी १५ रुपैयाँले १ लाख ४४ हजार ८५५ रुपैयाँ अनुदान रकम प्रदान गरिएको थियो। उनीहरुले ९ हजार ६५७ केजी तोरी उत्पादन गरेका थिए ।
मह उत्पादन गर्ने ७ जना कृषकलाई प्रतिकेजी १५० रुपैयाँका दरले १ लाख ६३ हजार ५०० रुपैयाँ अनुदान रकम प्रदान गरिएको थियो। उनीहरुले १ हजार ९० केजी मह उत्पादन गरेका थिए । फापर उत्पादन गर्ने १ जना कृषकलाई ५३६ रुपैयाँ अनुदान रकम प्रदान गरिएको थियो । उनले ६० केजी फापर उत्पादन गरेका थिए।
प्याज खेतीमा २३ जना कृषकलाई ५ रुपैयाँका दरले १ लाख ३३ हजार १०० रुपैयाँ अनुदान रकम प्रदान गरिएको थियो। उनीहरुले २६ हजार ६२० केजी प्याज उत्पादन गरेका थिए । कोदो खेतीमा ३१ जनालाई प्रतिकेजी ८.९४ रुपैयाँका दरले १ लाख ८१ हजार ७२६ रुपैयाँ प्रदान गरिएको थियो । उनीहरुले २० हजार ३२७ केजी कोदो उत्पादन गरेका थिए ।
मापदण्ड अनुसार लसुन र बेसार प्रतिव्यक्तिले ५०० केजी उत्पादन गर्नुपर्नेमा सूचिकृत भएका कोही पनि कृषकले उक्त मात्रामा लसुन र बेसार उत्पादन गर्न नसक्दा अनुदान रकम दिन नसकिएको कृषि विकास शाखा प्रमुख जैसीले बताउनु भयो ।
कृषकलाई अनुदान दिन तोरी खेतीमा ५ लाख, मह उत्पादनमा ३ लाख, फापर÷कोदोमा २ लाख र प्याज खेतीलाई ५ लाख बजेट बिनियोजन गरिएको थियो ।
कृषकहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराई लगायतले सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए । यसैबीच, कृषकहरुका लागि तयार गरिएको कृषि पात्रो पनि कृषकहरुलाई वितरण गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच