बार्सिलोना । बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगका स्पेनिस मिडफिल्डर ड्यानी ओल्मो अनुबन्ध गर्ने तयारी गरेको छ । विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार बार्सिलोना ओल्मोका लागि पाँच करोड ५० लाख युरो तिर्न तयार भएको हो । यसैगरी बार्सिलोनाले लाइपजिगलाई बोनसका रूपमा ७० लाख युरो दिनेछ ।
ओल्मोले अघिल्लो महिना सम्पन्न युरोपियन च्याम्पियनसिपमा स्पेनलाई विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा ६ खेल खेल्दा ओल्मोले तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गर्नुभएको थियो ।
सन् २०२० मा क्रोएसियन क्लब डिनामो जाग्रेबबाट लाइपजिग भित्रिनुभएका ओल्मोले १०७ जर्मन बुन्डेसलिगा खेलमा १७ गोल गर्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच