काठमाडौं । थाइल्याण्डमा आयोजना हुने बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘जुनियर मोडल एण्ड सुपर ग्लाब इन्टरनेशनल २०२४’मा नेपालबाट सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डंगोल सहभागी हुनुहुने भएको छ । बैंककमा आयोजना हुने प्रतियोगिताकमा सहभागी हुने तीनै प्रतियोगी मंगलबार अबेर साँझ थाइल्याण्ड उडेका छन् ।
सौगात टिन (१३ देखि १५ वर्ष), आरभ गौतम प्रिन्स (८ देखि १० वर्ष) र कृतज्ञ प्रि-टिन (१० देखि १२ वर्ष) समूहमा प्रतिनिधित्व गर्नुहुनेछ । विश्वका २० बढी राष्ट्रका बालबालिका सहभागी हुने प्रतियोगितामा नेपाली बालबालिकाले नेपालको भेषभूषा र कला संस्कृतिसमेत प्रदर्शन गर्नेछन् । शैक्षिक टुर, विभिन्न मनोरञ्जनात्मक गतिविधिसहित आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट कला संस्कृति झल्कने प्रदर्शनीसमेत आयोजना हुनेछ ।
प्रतियोगिमा सहभागी बालबालिकालाई मोटिभेसनका लागि उनीहरूसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेशन कोच राज फैंजु सहभागी हुनुहुनछ । सौगात, आरभ र कृतज्ञ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२४’का विजेता हुनुहुनछ । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाको फेशन कन्सेफ्ट फेशन डिजाइनर श्रीषा बैदारको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच