काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्राथमिकता दिएइको छ । पोष्टरमा कलाकार र ननएक्टरसहित २० जना फिचर्ड छन् ।
पहिलो पोष्टरमा प्रधानमन्त्री ओलीलाई केन्द्रमा राखिएको थियो । चलचित्रमा ओली प्रधानमन्त्रीकै भूमिकामा हुनहुन्छ । अभिनेता रमित ढुंगानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय छ । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेख्नुभएको हो ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ ।
एसिड आक्रमणका घटनाविरुद्ध कानुन बनाउन दबाब सिर्जना गर्ने उद्देश्यसमेत रहेको यो चलचित्रमा एसिड आक्रमणमा परेका ६ जनाको कथा छ । ‘एसिड आक्रमणमा परेका ३३ जनाकै नमिठो कथा छन्, जसलाई देखाएर अरू सामाजिक जागरण ल्याउन प्रयास गर्नेछु’, निर्देशक ढुंगानाले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच