काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजाबीच बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ । आइफाडका एसिया प्यासिफिक क्षेत्रका निर्देशक रिहाना राजा र कोषका प्रतिनिधिहरूलाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रमा आइफाडले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र आइफाडबीचको सम्बन्ध पुरानो र गहिरो रहेको उल्लेख गर्दैै आइफाडको सहयोगमा कृषि मन्त्रालयअन्तर्गत हाल एक आयोजना कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) सञ्चालनमा रहेको र कोषले कृषि विकास रणनीति परिमार्जनका लागि पनि सहयोग गरेको बताउनुभयो ।
मन्त्री अधिकारीले यी र यसअघि सञ्चालन भएका आयोजना र सहयोगले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेख योगदान पुर्याएको चर्चा गर्नुभयो । उहाँले सरकारले यस आर्थिक वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको जानकारी गराउँदै उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्यमा आइफाडबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा आइफाडका निर्देशक रिहाना राजाले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच