काठमाडौं । नेपालगञ्जस्थित देउती सोप एण्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्राण्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले नेपालगञ्जमा एक कार्यक्रम गरी नयाँ ब्राण्ड सार्वजनिक गरेको हो ।
कम्पनीका सञ्चालक यज्ञबहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठा पात डिटरजेन्ट पाउडर १५० ग्रामदेखि चार केजीसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको बताउनुभयो । कपडाबाट पसिना, माटो, खानेकुरालगायतको दाग हटाउने मामिलामा प्रतिस्पर्धी ब्राण्डका तुलनामा अब्बल रहेको उक्त डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजी प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त टेक्नोलोजीले कपडाको रङ उड्ने र फिका हुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ । जसमा रहेको जर्म फाइटरले कपडा किटाणुरहित बनाउँदै सफाइको स्तर उकास्ने कम्पनीका बजार व्यवस्थापक शालिकराम कँडेलले बताउनुभयो ।
देउती सोप एण्ड केमिकल्सले यशोदा ब्राण्डमा डिटरजेन्ट पाउडर, भेरी ब्राण्डमा लुगा धुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवास बार उत्पादन गर्दै आएको छ । भेरी ब्राण्डमा डिटरजेन्ट पाउडर पनि कम्पनीले उत्पादन एवं बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच