काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको सहकार्यमा नेपाल जन-प्रशासन संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘हेमबहादुर मल्ल सम्मान’ पछिल्लोपटक डा. भेषबहादुर थापालाई प्रदान गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले ‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. थापालाई प्रदान गर्नुभएको हो । दुई लाख रुपैयाँ नगद राशिको ‘हेमबहादुर मल्ल सम्मान’ यस वर्ष पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका थापालाई प्रदान गरिएको हो ।
संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिका लागि पु¥याएको योगदानको कदर स्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. थापालाई प्रदान गर्न पाउँदा आफूलाई निकै खुसी लागेको राष्ट्रपति पौडेलले बताउनुभयो । सम्मानित डा. थापा पनि राष्ट्रपति पौडेलकै गृहजिल्ला तनहुँको हुनुहुन्छ । सो अवसरमा राष्ट्रपति पौडेलले स्वर्गीय हेमबहादुर मल्लको योगदानको चर्चा पनि गर्नुभएको थियो ।
संघका अनुसार मल्ल सम्मान छनोटका लागि नेपाल सरकारका पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुंगाना सदस्य रहेका थिए ।
साल्ट ट्रेडिङको सौजन्यमा सो संस्थाका संस्थापक अध्यक्ष एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा विसं २०७९ मा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो । करिब २५ वर्षसम्म साल्ट ट्रेडिङमा नेतृत्व गर्नुभएका मल्लको २०५७ कात्तिक १२ मा हृदयाघातका कारण भारतमा निधन भएको थियो । अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान् कोइराला, डा. विमल कोइराला. महावीर पुन, स्वर्गीय अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकरलाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच