काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताउनुभएको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशमा सुशासन कायम गरी नागरिको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताउनु भयो । उहाँले शुरु भएका परियोजनाहरु टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको पनि बताउनु भयो ।
बिहीवार प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच