इलाम । पुर्वी नेपालको इलाम जिल्लामा मह उत्पादनमा वृद्धि भएकोे छ । जिल्लाको तराईसँग सिमा जोडिएको रोङ गाउँपालिकामा मौरीको मह उत्पादनमा वृद्धि भएको हो । पालिकाको चुरे क्षेत्रमा परम्परागत रुपमा हुँदै आएको मौरी पालनलाई व्यवसायीक बनाउन गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै मह उत्पादन वृद्धि भएको हो ।
गाउँपालिकामा विशेष गरी सेरेना जातको मौरीपालन हुन्छ । रुखको मुडाको घारमा मौरी पालन हुँदै आएको रोङ गाउँपालिकामा अहिले आधुनिक घार बिस्तार हुँदैछन् । पालिकाको वडा नम्बर ६ को जिर्मलेबाट आधुनिक घारमा मौरी पालन शुरु भएको थियो ।
देशमा संघीय संरचनापछि रोङ गाउँपालिकाले व्यवसायीक मौरी पालनका लागि आधुनिक घार, तालिम र प्रविधि किसानलाई हस्तान्तरण गर्दै आएको गाँउपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो ।
रोङ गाउँपालिकाले मौरी प्रवद्र्धन कार्यक्रमबाट तालिम, प्रविधि र आधुनीक घार अनुदानमा किसानलाई प्रदान गर्छ । सेरेना जातको महलाई औषधिय गुणको भण्डार मानिन्छ । माहुरी पालनका लागि रोङ गाउँपालिकाले पछिल्ला २ वर्षमा १२ सय आधुनिक घार किसानलाई प्रदान गरेको छ । व्यवसायीक मौरी पालनसँगै कृषि उपज अर्गानिक उत्पादन गर्ने योजनाका साथ गाउँपालिकाले मौरी प्रर्वद्धन कार्यक्रम लागु गरेको पालिकाका कृषि शाखा प्रमुख तिर्थ देवकोटाले बताउनुभयो ।
अर्गानिक मह उत्पादन र उच्च मुल्य पाउने भएपछि किसानहरुको संख्या मौरीपालनमा बढेको छ । सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकेजी १ हजारदेखि एक हजार ५ सय रुपैयाँमा बिक्रि हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच