एजेन्सी । युरोपेली फुटबल महासंघ (युइएफए)ले स्पेनिस कप्तान अल्भारो मोराटा र मिडफिल्डर रोड्रीलाई एक खेलका निम्ति प्रतिबन्ध गरेको छ । युरो २०२४ को उपाधिपछि ‘जिब्राल्टर स्पेन हो’ भन्ने नारा लगाएको भन्दै उहाँहरूलाई कारबाही गरिएको हो ।
जिब्राल्टर फुटबल एसोसिएसन (जिएफए)ले यसबारे युइएफएमा उजुरी गरेपछि छानबिन थालिएको थियो । यी दुई खेलाडी स्पेनले सर्बियाविरुद्ध खेल्दा टिममा उपलब्ध हुने छैनन् । स्पेनले सेप्टेम्बर ५ मा सर्बियासँग खेल्ने तालिका छ ।
स्पेनले युरो २०२४ को फाइनलमा इंग्ल्याण्डलाई दुई-एकले हराउँदै उपाधि जितेपछि रोड्रीले ‘जिब्राल्टर स्पेन हो’ भन्ने नारा लगाउनुभएको थियो । कप्तान मोराटाले प्रोत्साहन गर्नुभएको थियो ।
‘यस प्रकृतिका व्यवहारका निम्ति फुटबलमा कुनै स्थान छैन,’ युइएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जिब्राल्टर सन् २०१३ देखि युइएफको पूर्ण सदस्यको बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच