काठमाडौं । बागमती प्रदेशका रिक्सन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो ।
कोशीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत हुनुभयो । महासंघले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि पनि गरेको थियो । यस अवसरमा महासंघले मानव सेवा आश्रममा खाना खुवाउने, रक्तदान गर्ने र सरसफाइलगायत गतिविधि गरेको महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिनुभयो ।
यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गर्नुभयो । महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ ।
उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त गर्यो । अवार्ड प्राप्त गर्ने खेलाडीलाई नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अञ्जन धमला र महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पुरस्कृत गर्नुभएको थियो ।
महासंघका अध्यक्ष कार्कीले खेलकुदसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गर्दै आएको बताउनुभयो । साथै लामो समयदेखि विभिन्न भूमिकाबाट आइटिएफ तेक्वान्दोको विकासमा योगदान दिँदै आएका तेक्वान्दोकर्मीलाई थप प्रोत्साहित गर्न सम्मान गरिँदै आएको कार्की भनाइ छ ।
सो अवसरमा मन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि सरकारले कम प्राथमिकतामा राखेको मन्त्री गुरुङको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच