काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेलले युएईमा व्यावसायिक फुटबल खेल्ने हुनुभएको छ । युएईको घरेलु लिग च्याम्पियन क्लब आबु धावी कन्ट्री क्लबले रेखालाई आबद्ध गरेको हो ।
युएईमा महिला फुटबल सुरुवात गर्न महत्वपूर्ण भूमिका रहेको आबु धाबी कन्ट्रीले पहिलोपटक आयोजना हुन लागेको एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रिलिमिनरी राउण्डमा प्रतिस्पर्धा गर्दैछ ।
आबु धाबीले साउदी अरबको अल नासर, म्यानमारको म्यावादी र लाओसको यङ इलेफेन्टसँग प्रतिस्पर्धा गर्दैछ । समूहको विजेता च्याम्पियन्स लिगको समूहगत चरणमा पुग्नेछ ।
आबु धावीसँग सम्झौता गरेपछि रेखाले आफ्नो व्यावसायिक करियरमा ठूलो उपलब्धि प्राप्त भएको बताउनुभएको छ । कति समय र कति तबल पाउने भन्नेबारे केही खुलाइएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच