वासिङ्टन । अल इतिहाद क्लबले प्रि-सिजन मैत्रीपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा साउदी प्रो-लिग क्लब २-० ले विजय भएको हो । खेलको २५औँ मिनेटमै मुसाले गोल गर्नुभएको थियो । ४७औँ मिनेटमा अर्को गोल थप्दै उहाँले इतिहादलाई २-० को सहज दिलाउनुभयो ।
प्रि-सिजन मैत्रीपूर्ण खेलमा इन्टरको यो पहिलो हार हो । इन्टरले यसअघि पिसासँग १-१ को बराबरी खेल्दा लस पाल्मासलाई ३-० र पेर्गोलेटिजलाई २-१ ले पराजित गरेको थियो ।
यस्तै, एस्टन भिल्लाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथलेटिकमाथि रोमाञ्चक जित हासिल गरेको छ । बिहीबार बिहान भएको खेलमा इंग्लिस क्लब ३-२ ले विजयी भएको हो । चौथो मिनेटमै याकुब रामसेले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । २६औँ मिनेटमा येरे अल्भारेजले गोल गर्दै एथलेटिकलाई खेलमा फर्काउनुभयो । ६०औँ मिनेटमा जेडेन फिलोजिनले गोल गर्दै भिल्लालाई पुनः अग्रता दिलाउनुभयो । तर, ७२औँ मिनेटमा गोर्का गुरुजेताले एथलेटिकलाई खेलमा फर्काउनुभयो । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा क्यामरुन आर्चरले गोल गरेसँगै भिल्ला ३-२ ले विजयी भएको थियो ।
यसैगरी घरेलु टोली आर्सनलले प्रि-सिजन मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर लेभरकुसनविरुद्ध ४-१ को जित निकालेको छ । इमिरेट्स रंगशालामा आर्सनललाई जित दिलाउन अलेक्जेन्डर जिनचेन्को, लियान्द्रो ट्रोसार्ड, गाब्रियल जिसस र काइ हाभर्टेजले गोल गर्नुभयो । लेभरकुसनका लागि एडम लोजेकले एक गोल फर्काउनुभयो । खेलको आठौँ मिनेटमा जिनचेन्कोको गोलमार्फत् आर्सनलले अग्रता लिएको थियो । एक मिनेटपछि नै ट्रोसार्डले टोलीको अग्रता दोब्बर बनाउनुभयो । जिससले ३८औँ मिनेटमा गोल गर्दा आर्सनल ३-० ले अगाडि बढ्यो । ६५औँ मिनेटमा हाभर्टेजले टोलीका लागि चौथो गोल गर्नुभयो ।
लोकेजले ७६औँ मिनेटमा गरेको गोल लेभरकुसनका लागि सान्त्वना बन्यो । यस्तै, दुई गोलको अग्रता जोगाउन नसक्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) प्रि-सिजन मैत्रीपूर्ण खेलमा अस्ट्रियाको एसके स्ट्रम ग्रजसँग २0२ को बराबरीमा रोकिएको छ । वार्थरसी रंगशालामा पिएसजीका लागि इब्राहिम एमबायी र कार्लोस सोलार तथा स्ट्रम ग्रजका लागि एम्डी कामारा र ओटर काइटिशभिलीले गोल गर्नुभएको थियो ।
खेलको नवौँ मिनेटमा एमबायीको गोलमार्फत् पिएसजीले अग्रता लिएको थियो । तीन मिनेटपछि नै सोलारले टोलीको अग्रता दोब्बर बनाउनुभयो । ग्रजका कामाराले १५औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउनुभयो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा काइटिशभिलीले गोल गर्दा ग्रज २-२ को बराबरीमा आयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच