कोलम्बो । श्रीलंकाले भारतविरुद्धको वान डे सिरिज जितेको छ । तीन खेलको सिरिज श्रीलंकाको पक्षमा २-० ले रहृयो । पहिलो वान डे टाइ भएपछि श्रीलंकाले त्यसपछिका दुई खेल लगातार जितेको हो । दुई टिमबीचको वान डे सिरिज श्रीलंकाले हात पारेको २७ वर्षपछि पहिलोपटक हो । कोलम्बोको प्रेमदासा स्टेडियममा भएको तेस्रो तथा अन्तिम वान डेमा श्रीलंका ११० रनको जित निकाल्न सफल रहृयो ।
श्रीलंकाले पहिले ब्याटिङ गर्दै सात विकेटमा २४८ रन बनाएको थियो । श्रीलंकाका लागि अविष्का फर्नान्डो र कुशल मेन्डिसले अर्धशतकीय इनिङ खेल्नुभयो । फर्नान्डोले १०२ बलमा सर्वाधिक ९६ रन बनाउनुभयो । मेन्डिसले ८२ बलमा ५९ रन बनाउनुभयो । ओपनर पथुम निशंकाले ६५ बलमा ४५, कमान्डु मेन्डिसले १९ बलमा अविजित २३ रन जोड्नुभयो । भारतका लागि ओडिआई डेब्यु गर्नुभएका रियान परागले ३, वासिङ्टन सुन्दर, मोहम्मद सिराज, कुलदिप यादव र अक्षर पटेलले समान १ विकेट लिनुभयो ।
जवाफमा भारत २६.१ ओभरमा १३८ रन बनाएर अलआउट भयो । भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले २० बलमा सर्वाधिक ४५, वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २० तथा रियान परागले १५ रन जोड्नुभयो । भारतका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका लागि डुनिथ वेलालागेले २७ रन खर्चेर पाँच विकेट लिनुभयो । जेर्फि भेन्डारसे र महेश तिक्सेनाले समान २ तथा आसिथा फर्नाडाले १ विकेट लिनुभयो । सन् १९९७ मा श्रीलंकाले पछिल्लोपटक भारतविरुद्धको ओडिआई सिरिज जितेको थियो । भारतविरुद्ध लगातार ११ ओडिआई सिरिज गुमाएको श्रीलंकाले २७ वर्षपछि यो सफलता प्राप्त गरेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच