पेरिस । पेरिस ओलम्पिकको ५० केजी तौलको फाइनलमा तौल बढेका कारण अयोग्य भएपछि भारतीय खेलाडी विनेश फोगाटले कुस्तीबाट सन्न्यास लिनुभएको छ । पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि फोगाटले सामाजिक सञ्जालमा ट्वीट गर्दै सन्न्यास घोषणा गर्नुभएको हो । ‘आमा, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले योभन्दा बल छैन । गुडबाय रेस्लिङ २००१-२०२४ । म तपाईंहरू सबैको सधैँ ऋणी रहनेछु । क्षमा ।’
फोगाटले ओलम्पिकको फाइनलमा पुगेर करोडौं भारतीयको मन जित्नुभएको थियो । तर, यो खुसी धेरै दिन टिकेन । विनेश फोगाट बढी तौलका कारण पेरिस ओलम्पिकबाट अयोग्य घोषित हुनुभएको थियो । अब विनेशले ओलम्पिकमा कुनै पदक जित्न सक्ने सम्भावना छैन । बुधबार बिहान उहाँको तौल गर्दा सामान्यभन्दा केही ग्राम बढी भएको पाइएको थियो । भारतीय टोलीले विनेशको तौल ५० केजीसम्म ल्याउन केही समय मागेको थियो तर अन्ततः विनेश फोगाट निर्धारित तौलभन्दा अलि बढी भएको भन्दै अयोग्य घोषित हुनुभयो । कुनै पनि कुस्ती प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ ।
यो कुस्ती र बक्सिङजस्ता खेलहरूमा एक निश्चित विधि हो, जसले सबै खेलाडीहरूका लागि उचित अवसर सुनिश्चित गर्दछ । धेरैपटक खेलाडीहरूले ओलम्पिकमा तौल वर्गमा प्रतिस्पर्धा गर्न आफ्नो तौल घटाउँछन्, यसलाई ‘वेट कटिङ’ भनिन्छ । संसारभरका खेलाडीहरूले यो गर्छन् । खेलाडीहरूले प्रतिस्पर्धाको केही हप्ताअघि वजन घटाउन थाल्छन् । यसैबीच भारतीय भारोत्तोलक मिराबाई चुन पेरिस ओलम्पिकबाट बाहिरिनुभएको छ । महिला भारोत्तोलन ४९ केजी तौल समूहमा उहाँ थोरै अन्तरले पदक गुमाएर चौथो स्थानमा रहनुभएको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच