काठमाडौं । काठमाडौं महानगरपालिकाले काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय भलिबल टिमलाई नगद पुरस्कारले सम्मानित गरेको छ । टिमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरूलाई पुरस्कृत गरिएको हो ।
राष्ट्रिय टिमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले एक–एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, तीनजना अफिसियललाई ५०-५० हजार रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल तथा महानगरका कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो । खेलाडीहरूलाई सम्मान पत्रसमेत प्रदान गरिएको थियो ।
सम्मानित हुनेमा खेलाडीहरू अरुणा शाही, निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, सोफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सालिना श्रेष्ठ रहनुभएको छ । यस्तै सम्मानित हुने अफिसियलमा म्यानेजर निलम बज्राचार्य, प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट लोकेन्द्र कुँवर हुनुहुन्छ ।
कार्यक्रममा मेयर साहले पूर्वाधार र खेलाडीको क्षमता विकासमा आफूहरूले आगामी दिनमा काम गर्ने बताउनुभएको थियो । उपमेयर सुनिता डंगोलले महिला भलिबल टिममा देखिएको ऊर्जा महत्वपूर्ण रहेको बताउँदै पदक प्राविधिक कुरा रहेको धारणा राख्नुभयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल ३-२ को सेटमा पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल पनि उपस्थित हुनुहुन्थ्यो ।
‘रिसिभ र सर्भिस सोचेअनुसार नहुँदा भारतसँग हार बेहोर्नुपर्यो’
काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतविरुद्ध पराजित भएपछि नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले रिसिभ र सर्भिसमा सोचेअनुसार हुन नसक्दा भारतविरुद्ध हार भोग्नुपरेको बताउनुभएको छ । ‘मुख्य खेलाडीहरूले राम्रो प्रदर्शन गर्न नसक्दा आफ्नो रणनीतिमा सफल हुन सकेनौँ,’ प्रशिक्षक भट्टले भन्नुभयो ।
उहाँले भारतीय पक्षको ब्लक राम्रो रहेको प्रतिक्रिया दिनुभयो । चौथो सेट जित्नैपर्नेमा रणनीतिअनुसार खेलाडीले प्रदर्शन गर्न नसेको प्रशिक्षक भट्टले जिकिर गर्नुभयो ।
‘हामीले जुन रणनीतिका साथ भारतसँग खेल्ने भनेका थियौं, सोचेअनुसारको रिसिभ र सर्भिस राम्रो गर्न नसक्दा हार बेहोर्नुपग्यो,’ उहाँले भन्नुभयो, ‘चौथो सेटमा जित्नुपर्ने खेल थियो तर जित्न सकेनौँ । हाम्रो रिसिभ राम्रो भएन भने उनीहरूको ब्लक राम्रो थियो जसका कारण हामीले खेल जित्न सकेनौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच