काठमाडौं । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी)ले अनुमति दिएको छ । परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरेको थियो । एन्फाको जवाफअनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको छ । यसअघि विभिन्न विषयमा प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।
एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो । यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएको थियो । जसका कारण विश्वकप फुटबलअन्तर्गतको दोस्रो चरणको खेल नेपालमा हुन सकेन ।
लामो समयदेखि संघले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले २०८० चैतदेखि परिषद् आफैँले रंगशालाको खेलमैदान संरक्षण र मर्मतको जिम्मा लिने निर्णय लिनुभएको थियो ।
मैदानले एसफसीबाट पुनः मान्यता पाएपछि परिषद्का सदस्य–सचिव घिसिङले नेपाली दर्शकले फेरि रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताउनुभयो । उहाँले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मिहिनेत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच