काठमाडौं । सुशीला पराजुली बरालको स्वरमा रहेको तीज गीत ‘मै राम्री हो की’ सार्वजनिक भएको छ । लक्ष्मण पोखरेलको संगीत, विनोद बरालको शब्द रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ र किशोर थापाको मिक्सिङ/मास्टिरिङ हरेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कृष्णदेव रूपाखेतीले निर्देशन रहेको गीतको भिडियोमा विना राउत र एलिसा विष्टको अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोको छांयाकन कीर्तिपुरको ऐतिहासिक स्थान बाघभैरव मन्दिरलगायत स्थानमा गरिएको छ । नेपाली मौलिकता झल्कने गरि भिडियो तयार पारिएको निर्देशक रूपाखेतीले बताउनुभयो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच