काठमाडौं । अभिनेत्री शर्मिला मल्ल, अञ्जलि अधिकारी र एलिशा शर्मा अभिनीत तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गायिका निता आचार्यको स्वर छ ।
मौलिक शैलीमा तयार गीतमा गत वर्ष तीज मनाउन नपाएकोले यसपालि मिलीजुली रमाइलो गर्ने भनिएको छ । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो तीने कलाकार छमछमी नाचेका छन् ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । विषम आचार्यको संगीत संयोजन रहेका गीतको भिडियो गायिका निता आचार्यकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच